केन्द्र ४.: विदेश नीति र रणनीतिक मामिला केन्द्र
परराष्ट्र, सुरक्षा, वैदेशिकसम्बन्ध तथा रणनीतिक मामिलासँग सम्बन्धित मौजुदा सार्वजनिक नीति र क्रियाकलापहरूको समीक्षा र अध्ययन गर्नु यस केन्द्रको समग्र उद्देश्य रहेको छ। यस केन्द्रसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय झेत्रमा घटेका घटना र विकास भएका परिस्थितिसँग सम्बन्धित रही अनुसन्धान, समीक्षा र विश्लेषणमार्फत सुसूचित, सूविचारित तथा सान्दर्भिक नीतिविकल्पहरू तय गरी सरकारलाई सिफारिस गर्नु पनि यस केन्द्रको उदेश्य हो। यो केन्द्रअन्तर्गत निम्नानुसारका चार एकाइहरू रहेका छन्:
४.१ राष्ट्रिय हित एकाइ
यस एकाइले नेपालको संविधानको धारा ५ अनुसारका राष्ट्रिय हितमा केन्द्रित भई नीतिअध्ययन गर्दछ भने राष्ट्रिय हितको थप व्याख्या र स्पष्टताको लागि अध्ययन गर्दै राष्ट्रिय हितसम्बन्धी नेपालको उद्देश्य प्राप्तिका उपायहरू समेत सिफारिस गर्दछ।
४.२ परराष्ट्र नीति एकाइ
यस एकाइले मुलुकको परराष्ट्र नीतिमा केन्द्रित रही नीतिगत अनुसन्धान गर्दछ। जसअनुरुप, परराष्ट्र मामिलासँग सम्बन्धित मौजुदा नीतिहरूको समीक्षा तथा अन्तर्राष्ट्रिय झेत्रमा भएका सरोकार राख्ने घटना र विषयहरुको विश्लेषणमार्फत नेपाल सरकारलाई प्रमाणमा आधारित नीति सिफारिस पगर्दछ ।
४.३ रणनीतिक मामिला एकाइ
नेपालको रणनीतिक मामिलासम्बन्धी नीतिअध्ययन गर्ने यस एकाइले संविधानमा उल्लेख भएअनुरुपका उद्देश्य प्राप्तिका लागि रक्षा, प्रतिझा र राष्ट्रिय सुरक्षा लगायतका सान्दर्भिक रणनीतिक पक्षहरूको अन्य झेत्रहरुसँगको अन्तर्सम्बन्ध समेतलाई ध्यानमा राखी कार्य गर्दछ। यस एकाइले समसामयिक विश्वको रणनीतिक वातावरण एवम् सरोकार राख्ने अन्य मुलुकको रणनीतिक चालसमेतको अध्ययन गरी सरकारलाई नीतिगत सिफारिस गर्दछ।
४.४ सुरक्षा एकाइ
यस एकाइले नेपाल र अन्य विश्वले सामना गर्दै आएका र गर्नुपर्ने परम्परागत र गैर-परम्परागत सुरक्षासँग विषयमा नीतिअध्ययन गर्ने भएकाले राष्ट्रिय र मानवीय सुरक्षा पनि यस एकाइको अध्ययन क्षेत्रभित्र पर्दछन्। यी विषयहरूलाई व्यापक दृष्टिकोणबाट हेर्दै र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी यस एकाइले नेपाल सरकारलाई नीति सिफारिस गर्दछ ।
डा. खगनाथ अधिकारी, वरिष्ठ अनुसन्धानकर्ता
डा. झम कुमार बिश्वकर्मा, सहअनुसन्धानकर्ता
क्र.सं. |
अनुसन्धान पिरयोजनाको |
सहकार्य गर्ने संस्था (यदि भएमा) |
प्रमुख अनुसन्धानकर्ता/सह-अनुसन्धानकर्ता |
पिरयोजना पुरा भएको वष |
पिरयोजनाको |
प्रकासनको प्रकार |
१. | Effective Use of Public Diplomacy in the Context of Nepal | Khaga Nath Adhikari, PhD; Lila Nyaichyai, PhD | 2022 | Download | Research Report | |
२. | Chinese Public Diplomacy in Nepal | Lila Nyaichyai, PhD; Khaga Nath Adhikari, PhD | 2023 | Download | Research Report | |
३. | Preparing for Nepal"s graduation from LDC category | Gyan Chandra Acharya | 2021 | Download | Research Report | |
४. | COVID-19 pandemic and the recommended course of action for the Government of Nepal | Dr. Mahesh Kumar Maskey (PI), Ashok Pandey (Co-PI) | 2021 | Download | Research Report | |
५. | Effective border management of Nepal | Ongoing | Research Report | |||
६. | Nepal"s national interests, foreign policy and strategic affairs | Madhu Raman Acharya | 2020 | Download | Perspective Paper |