केन्द्र ३: कानूनी र सामाजिक मामिला नीति केन्द्र

बहुविषय समेट्ने यस नीतिअध्ययन केन्द्रका क्रियाकलापहरू यस केन्द्रअन्तर्गतका एकाइहरूलाई समेट्ने व्यापक विषयका नीति अनुसन्धान र संवादमा केन्द्रित रहेका छन्। आमनागरिकहरू सार्वजनिक नीतिप्रक्रियाको केन्द्रमा रहनुपर्दछ भन्ने मान्यतामा आधारित रही यस केन्द्रले कार्य गर्दछ। यस केन्द्रअन्तर्गत तीन इकाइहरू रहेका छन्:

३.१ कानुनी मामिला काइ

यस एकाइले संवैधानिक प्रावधान, राष्ट्रिय ऐनहरू, मानव अधिकारलगायतका विषयसँग सम्बन्धित नीति प्रक्रिया एवम् मार्गनिर्देशनसम्बन्धी अनुसन्धान गर्दछ। संघीय र सो भन्दा तल्लो तहका सरकारहरूकाबिच कानुनी र संवैधानिक अधिकारसँग सम्बन्धित सहयोग र समन्वय तथा उनीहरूबीच देखिने विवाद समाधानसम्बन्धी विविध विषयहरुमा अनुसन्धान र सार्वजनिक संवादजस्ता कार्यहरू यस समूहको कार्यादेशभित्र पर्दछन्।

३.२ शिक्षा नीति काइ

शिक्षा, शैक्षिक प्रणाली तथा नीति र तिनीहरुको अभ्यास, शिक्षाको राजनीतिक र सामाजिक आधार, शिक्षाको गुणस्तर, शिक्षामा सबैको पहुँच, समतामूलक र जीवनोपयोगी शिक्षा, शैक्षिक नवप्रवर्तन, शिक्षा र रोजगारी लगायतका शिक्षाका समग्र आयाम र विषयमा केन्द्रित भई यस नीति एकाइले नीति अध्ययन गर्ने गर्दछ ।

३.३ स्वास्थ्य नीति काइ

देशको समग्र स्वास्थ्य प्रणाली, सेवा, अभ्यास, समस्या, प्राथमिकता र यस क्षेत्रका अन्तर्राष्ट्रिय पज्ञानसमेतलाई मध्यनजर गरी अनुसन्धान, विश्लेषण र बहसमार्फत नीतिनिर्माणमा सहयोग पुर्याउनु यस इकाइको उद्देश्य रहेको छ।

३.४ समाजकल्याण तथा सामाजिक सुरक्षा काइ

सामाजिक सुरक्षा र न्याय, लैंगिक समानता तथा सामाजिक समावेशीकरणलगायत अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा, गरिबी र बालबालिका, युवा, जेष्ठ नागरिक एवं अल्पसंख्यकहरुको समुदायहरूको आवश्यकता र सामाजिक संरक्षणलगायतका विषयमा यस इकाइले नीति अध्ययन गर्दछ।

null

प्रकाशन सूची

क्र.सं.

अनुसन्धान प्रतिवेदन शीर्षक

प्रकाशनको प्रकार

अनुसन्धानकर्ता

प्रकाशन वर्ष

सहकार्य गर्ने संस्था (यदि भएमा)

डाउनलोड लिङ्क

Moving Towards a Shared Future: Review of and Prospects for Nepal-China Strategic Partnership of Cooperation

Seminar Proceedings Dr. Khaga Nath Adhikari 2022 डाउनलोड

राष्ट्रिय हितः सैद्धान्तिक अवधारणा, आयाम र अभ्यास

अनुसन्धान संक्षेप अस्मिता रिजाल, डा.झम कुमार विश्वकर्मा २०८१ डाउनलोड
Chinese Public Diplomacy in Nepal Research Brief Dr. Khaga Nath Adhikari 2024 डाउनलोड

Effective Use of Public Diplomacy in the Context of Nepal

Research Brief Dr. Khaga Nath Adhikari 2024 डाउनलोड