सङ्घीय संसदका माननीय सदस्यहरूसँग नीति अनुसन्धान प्रतिष्ठानको अन्तर्क्रिया सम्पन्न

March 21, 2024

२०८० चैत ८ | सङ्घीय संसद सचिवालय, सिंहदरबार

सङ्घीय संसद सचिवालय, संसदीय प्रशिक्षण शाखाको आयोजनामा नीति अनुसन्धान प्रतिष्ठान र सङ्घीय संसदका माननीय सदस्यहरू बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सङ्घीय संसद सचिवालयले नियमित रूपमा आयोजना गर्ने सांसद-प्राज्ञ बहस शृङ्खलाको रूपमा यस पटक प्रतिनिधि सभाका उप-सभामुख माननीय इन्दिरा रानाको सभापतित्वमा सचिवालयका सह-सचिव निर्मलादेवी लामिछानेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका ६० जना माननीय सदस्यहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका टोलीले “प्रतिष्ठान, अनुसन्धान र नीति सिफारिसहरू” विषय प्रस्तुति प्रस्तुत गरेको थियो जसको प्रथम खण्डमा नीति अनुसन्धानको परिचय, विकासक्रम, नीति अनुसन्धानको ढाँचा, अनुसन्धानको स्वायत्तता र गुणस्तर, नीति अनुसन्धानमा राज्यको प्रत्यक्ष लगानी र प्रतिष्ठानको स्थायित्व, सबलीकरण र सेवा विस्तारका सम्भावनाहरू सम्बन्धमा जानकारी र बहस प्रस्तुत गरिएको थियो भने दोस्रो खण्डको प्रस्तुतिमा प्रतिष्ठानले सम्पन्न गरेका विभिन्न अनुसन्धानहरूका मुख्य निष्कर्षहरू र नीति सिफारिसहरू प्रस्तुत गरिएको थियो । नीति अनुसन्धान प्रतिष्ठानको प्रस्तुति श्री लक्ष्मण भट्टराई, डा. दीपक कुमार खड्का र डा. हरि शर्मा न्यौपानेले गर्नुभएको थियो ।

प्रस्तुतिपछि माननीय सदस्यहरूले अनुसन्धानका निष्कर्षका बारेमा थप जिज्ञासा, अनुसन्धान गर्न जरुरी भएका नयाँ विषयहरू, संसदका विषयगत समितिहरूमा प्रस्तुत हुने विधेयकको छलफलमा सान्दर्भिक हुने तथ्य र सूचना स्रोत र पहुँचका बारेमा, नीति अनुसन्धान प्रतिष्ठानको विधेयक निष्क्रिय भएको सन्दर्भमा नयाँ विधेयकको आवश्यकताको बारेमा, सरकारी थिङ्क ट्याङ्कलाई चाहिने स्वायत्तता वा अर्धस्वायत्तताको सैद्धान्तिक पाटोमा, र प्रतिष्ठानमा रिक्त रहेको नेतृत्वको पदपूर्ति सरकारले तुरुन्त गरिदिनुपर्ने आवश्यकता आदिको बारेमा उत्साहपूर्वक बोल्नुभएको र आ-आफ्नो तर्फबाट आवश्यक सहयोग पुर्‍याउने समेत प्रतिबद्धता जनाउनु भएको थियो । केही माननीय सदस्यज्यूहरूबाट प्रतिष्ठानका केही अनुसन्धान निष्कर्ष र सिफारिसहरूमा भएका जिज्ञासाहरूलाई प्रतिष्ठानका अनुसन्धान केन्द्रका सबै प्रमुखहरू, डा. कल्पना खनाल, डा. मुक्ति राम रिजाल, डा. हरि शर्मा न्यौपाने, डा. खगनाथ अधिकारी र डा. दीपक कुमार खड्काले केन्द्रबाट हाल अध्ययन भइरहेका विषयहरूको जानकारी सहित सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको समापन खण्डमा सङ्घीय संसद सचिवालयका सचिव श्री सुदर्शन खड्काले सङ्घीय संसद सचिवालय र नीति अनुसन्धान प्रतिष्ठानको बिच अनुसन्धान सहकार्य र साधन तथा स्रोतको पहुँचमा आपसी सहयोगको लागि हालै (२०८० फाल्गुन १६ गते) हस्ताक्षर भएको समझदारीपत्रको उल्लेख गर्दै प्रतिष्ठान र सङ्घीय संसद सचिवालय तथा संसदीय विषयगत समितिसँग सहकार्य एवं माननीय सांसदज्यूहरूसँग अन्तर्क्रिया निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो । वहाँले अन्य मुलुकमा अभ्यासमा रहेको सशक्त संसद अनुसन्धान सेवा नेपालको संसदमा पनि हुनुपर्ने र हाल रहेको अनुसन्धान सेवा संरचनालाई विस्तार गर्न माननीय सदस्यहरूलाई प्रयत्न गरिदिन अनुरोध गर्नुभयो । अन्त्यमा, माननीय उप-सभामुख श्री इन्दिरा रानाले अनुसन्धानका जरुरी विषयहरू, अनुसन्धानमा लगानीको आवश्यकता, सांसदहरूमा अध्ययनको संस्कृतिको आवश्यकता, विज्ञसँगको अन्तर्क्रियाको महत्त्व आदि विषयमा बोल्नुहुँदै कार्यक्रमको समापन गर्नुभयो ।

यस अन्तर्क्रिया कार्यक्रमबाट नीति अनुसन्धान प्रतिष्ठानले नीति अनुसन्धानको लागि जरुरी र सान्दर्भिक विषयहरूको सूची एवं अनुसन्धानमा आधारित तथ्य र प्रमाणका सम्बन्धमा माननीय सदस्यज्यूहरूको विशाल अपेक्षा र प्रतिष्ठानको संस्थागत स्थायित्व र विकासको लागि माननीय सदस्यज्यूहरूको सर्वसम्मत समर्थन प्राप्त गरेको छ ।

उपस्थिति:

राष्ट्रिय सभा सदस्य
मा. कृष्ण बहादुर रोकाय
मा. दुर्गा गुरुङ
मा. नारायण दत्त भट्ट
मा. युवराज शर्मा

प्रतिनिधि सभा सदस्य
मा. इन्दिरा राना
मा. अच्युत प्रसाद मैनाली
मा. अन्जनी श्रेष्ठ
मा. अस्मा कुमारी चौधरी
मा. ईश्वरी घर्ती
मा. उमरावती देवी
मा. उर्मिला माझी
मा. कल्पना चौधरी
मा. किरण कुमार साह
मा. गोमा लाभ सापकोटा
मा. जावेदा खातुन जागा
मा. ठाकुर प्रसाद गैरे
मा. तेजु लाल चौधरी
मा. डा. तोसिमा कार्की
मा. दिलेन्द्र प्रसाद बडू
मा. ध्रुव बहादुर प्रधान
मा. नागिना यादव
मा. नारायणी शर्मा
मा. निर्मला कोइराला
मा. निशा डाँगी
मा. पूर्ण बहादुर घर्ति मगर
मा. प्रकाश अधिकारी
मा. प्रतिमा गौतम
मा. प्रतिक्षा तिवारी
मा. प्रेम सुवाल
मा. बद्री प्रसाद पाण्डे
मा. बिन्दवासिनी कंसाकार
मा. बिना देवी
मा. मनिष झा
मा. माधव सापकोटा
मा. मिना तामाङ
मा. मुक्ता कुमारी यादव
मा. मेनका कुमारी पोख्रेल
मा. मैना कार्की
मा. रघुजी पन्त
मा. रण कुमारी बलम्पाकी मगर
मा. रन्जु कुमारी झा
मा. रमा कोइराला पौड्याल
मा. रुक्मणी राना बराइली
मा. रेखा यादव
मा. लक्ष्मी तिवारी
मा. लेख नाथ दाहाल
मा. विद्या भट्टराई
मा. विना लामा
मा. विनिता कुमारी सिंह
मा. शान्ति श्रेष्ठ
मा. शेर बहादुर कुँवर
मा. सरस्वती वजीमय
मा. सरिता प्रसाई
मा. सरिता भुसाल
मा. सिता कुमारी राना
मा. सिता मिजार
मा. सुशिला थिङ
मा. सोबिता गौतम
मा. संजय कुमार गौतम

संघीय संसद सचिवालय
श्री सुदर्शन खड्का
श्री बबिता मिश्र
निर्मलादेवी लामिछाने
नगेन्द्र प्रसाद चौधरी

नीति अनुसन्धान प्रतिष्ठान
श्री लक्ष्मण भट्टराई
डा. हरि शर्मा न्यौपाने
डा. दीपक कुमार खड्का
डा. मुक्ति रिजाल
डा. खगनाथ अधिकारी
डा. कल्पना खनाल
डा. गिरिराज शर्मा
डा. मनिता कुसी
श्री गोपाल आचार्य
श्री रिजा मानन्धर
श्री दीपेन्द्र पन्त
श्री बिमल चन्द्र शर्मा
श्री ज्योति लुइँटेल

कार्यक्रमका फोटोहरुका लागि यहाँ क्लिक गर्नुहोला