नदीजन्य निर्माण सामग्रीको दिगो र वातावरणमैत्री उत्खनन विषयमा सार्वजनिक नीति संवाद सम्पन्न

March 4, 2024

२०८० फाल्गुन २१

नीति अनुसन्धान प्रतिष्ठानले “नदीजन्य निर्माण सामाग्रीको दिगो र वातावरणमैत्री उत्खनन” विषयमा अध्ययनको थालनी गरेको छ । अध्ययनको क्रममा अध्ययन समूहले ध्यान दिनुपर्ने पक्ष, समावेश गरिनुपर्ने महत्त्वपूर्ण आयामहरू, आवश्यक सन्दर्भ सामग्रीहरूको उपलब्धताबारे नीति संवाद कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन आर्थिक तथा पूर्वाधार विकास केन्द्रकी वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनालले गर्नु भएको थियो भने सुरुवाती मन्तव्य डा. दीपक कुमार खड्काले राख्नु भएको थियो । अनुसन्धानको मुख्य उद्देश्य र अन्य सान्दर्भिक विषयवस्तु लाई समेटेर यस अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता डा. राजेन्द्र खनालले प्रस्तुति दिनुभएको थियो । विभिन्न सरकारी निकायमा रहनुभएका पदाधिकारीहरू, नेपाल सरकारका सेवानिवृत्त कर्मचारीहरू, निजी क्षेत्रका मुख्यत: क्रसर उद्योग र निर्माण व्यवसायमा संलग्न व्यवसायीहरू, प्राज्ञिक व्यक्तिहरू र अन्य विषय विज्ञहरूबाट राय एवं सुझावहरू प्राप्त गर्न यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

संवादको विषयवस्तु तीन प्रश्नहरूमा आधारित थिए :

o “निर्माणमुखी सामग्रीको (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०” दर्ता भइसकेको परिप्रेक्ष्यमा नदीजन्य निर्माण सामग्रीको दिगो र वातावरण मैत्री उत्खनन सम्बन्धी अध्ययनको उद्देश्य, दायरा र सिमाना के हुनुपर्दछ ?
o नदीजन्य निर्माणमुखी सामग्रीकोको उत्खनन र प्रयोगका सम्बन्धमा हालका नीतिगत र व्यवहारगत समस्याहरू के के हुन् र तिनलाई प्रस्तावित ऐनले कसरी समाधान गर्नेछ?
o नदीजन्य निर्माणमुखी सामग्रीकोको उत्खनन र प्रयोगका वातावरणीय, इन्जिनियरिङ, आर्थिक र सामाजिक मापदण्ड के के हुन सक्छन् ?

अन्तरक्रियामा प्रस्तावित विधेयकका साथै प्रस्तावित अध्ययनका लागि धेरै सुझाव प्राप्त भए। सुझावका विषयहरूमा नीतिगत समन्वय, सहभागितामूलक नीति निर्माण, संघीय संरचनासँग नीतिको प्रवाहीकरण, निगरानी र अनुगमन, माग र आपूर्ति लगायतका अर्थशास्त्रका साथसाथै, वास्तविक-समय मा आधारित र दीर्घकालीन नदी-गतिशीलता, उत्खनन विधि, वातावरण संरक्षण जस्ता वातावरणीय-प्राविधिक विषयहरू थिए । यी सुझावहरूले अध्ययनको दायरालाई परिष्कृत गर्न मद्दत गर्नेछ जसले विधेयकमा सुसूचित छलफल गर्न र नदीजन्य निर्माण सामग्रीको दिगो र वातावरणमैत्री निकासीका लागि नियम र निर्देशिकाहरू तयार गर्न तथ्याङ्क र प्रमाण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

उपस्थिति

आमन्त्रित सहभागी

  1. श्री राम प्रसाद घिमिरे, (महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भूगर्भ विभाग )
  2. डा. सूर्य राज आचार्य (पूर्वाधार विज्ञ)
  3. श्री लेखनाथ पोख्रेल (सल्लाहकार, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल)
  4. ई. ए. डी. लामा (वरिष्ठ उपाध्यक्ष, नेपाल निर्माण व्यवसायी महासङ्घ )
  5. श्री मनोज खड्का (महासचिव, कोशी क्रसर व्यवसायी सङ्घ )
  6. श्री प्रशान्त बोहरा (निर्देशक, उद्योग विभाग)
  7. श्री शुभा श्रेष्ठ (वरिष्ठ समाजशास्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)
  8. श्री राजेश साँद (फ्रेस वाटर कार्यक्रम प्रमुख, वर्ल्डवाइड फण्ड फर नेचर)
  9. श्री कृष्ण प्रसाद रिजाल (सि.डी.ई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय)
  10. श्री मिन बहादुर शाही (वरिष्ठ उपाध्यक्ष, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङघ, लुम्बिनी प्रदेश )
  11. श्री कमला ओली सिवाकोटी (बोर्ड सदस्य, राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति)
  12. श्री नारायण प्रसाद भट्टराई (सहसचिव, गृह मन्त्रालय)
  13. डा. नवराज खतिवडा (अनुसन्धानकर्ता, नेपाल विकास अनुसन्धान प्रतिष्ठान)
  14. श्री सीताराम नेउपाने (अध्यक्ष, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घ)

नीति अनुसन्धान प्रतिष्ठान

  1. डा. कल्पना खनाल
  2. डा. दीपक कुमार खड्का
  3. डा. राजेन्द्र खनाल
  4. डा. मनिता कुसी
  5. श्री प्राञ्जल रिजाल
  6. श्री दिजा बस्ताकोटी
  7. श्री राजेन्द्र सेन्चुरी
  8. श्री अस्मिता रिजाल
  9. श्री उर्मिला कोजु
  10. श्री बिमल चन्द्र शर्मा
  11. श्री रिजा मानन्धर
  12. श्री बिराज ढुंगाना
  13. श्री रक्षा अर्याल
  14. श्री कन्चन गौतम

कार्यक्रमका फोटोहरुका लागि यहाँ क्लिक गर्नुहोला