गृह मन्त्रालयका सचिव र प्रतिष्ठानका पदाधिकारी बिच बैठक सम्पन्न

July 5, 2020

२१ असार, २०७७
नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि र गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने र सहसचिव (नीति, योजना, अनुगमन र मूल्यांकन विभाग) चक्रबहादुर बुढासँग सिंहदरबारस्थित गृह सचिवको कार्यकक्षमा भेट ग¥यो । भेटमा जिल्ला प्रशासन कार्यालय र जिल्ल्ला प्रहरी कार्यालयको सेवाप्रवाह सन्तुष्टि मापन अनुसन्धान योजनाको बारेमा छलफल भएको थियो । छलफलले अनुसन्धान परियोजना अगाडि बढाउने निर्णय गरेको थियो ।
उक्त छलफलमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, अनुसन्धान विभाग प्रमुख डा. दीपककुमार खड्का र शासकीय प्रबन्ध तथा सेवाप्रवाह समूहका संयोजक डा. मुक्तिराम रिजालको उपस्थिति रहेको थियो ।