कृषि तथा पशुपन्छी विकासमन्त्री माननीय घनश्याम भुसालसँग भेटघाट

July 16, 2020

०१ साउन, २०७७
नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय घनश्याम भुसालबीच २०७७ साल साउन १ गते सिंहदरबारस्थित मन्त्रीज्यूको बैठकक्षमा भेटघाट भयो ।
भेटघाटमा सो मन्त्रालय र नीति अनुसन्धान प्रतिष्ठानका बीच कृषि नीतिनिर्माणका सम्बन्धमा सम्भावित सहयोगको बारेमा छलफल भएको थियो । मौजुदा कृषिनीति तथा योजनामा प्रमाणका आधारमा सुधारका लागि सहकार्य गर्न दुवै पक्षबाट सहमति जनाइएको थियो । बैठकमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, अनुसन्धान विभाग प्रमुख डा. दीपककुमार खड्का, कार्यालय प्रबन्धक पुरुषोत्तम तिवारी र सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. मुकुन्द कट्टेल सहभागी हुनुहुन्थ्यो ।