logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठानका नवनियुक्त कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माबाट पदभार ग्रहण

नीति अनुसन्धान प्रतिष्ठानका नवनियुक्त कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माबाट पदभार ग्रहण

नीति अनुसन्धान प्रतिष्ठानका नवनियुक्त कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माबाट पदभार ग्रहण

 May 29, 2024

२०८१ जेठ १६

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नेपाल सरकारको मन्त्रिपरिषद्ले यही २०८१ जेठ ३ गते को निर्णयद्वारा नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको प्रा. डा. लेखनाथ शर्माले प्रतिष्ठानमा आजबाट पदभार ग्रहण गर्नुभएको छ । प्राध्यापक शर्मालाई प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराईले कार्यकारी अध्यक्षको कार्यकक्षमा स्वागत गर्दै हाजिरपुस्तिकामा हस्ताक्षर गराउनुभएको थियो र कार्यकारी अध्यक्षले पहिलो कार्यकारी निर्णयको रूपमा नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीका कार्यसम्पादन मूल्याङ्कन कार्यविधिको परिमार्जन गर्न एक कार्यटोली गठन गर्ने सम्बन्धी निर्णय गर्नुभएको थियो । यसपछि प्रतिष्ठानको सभाकक्षमा आयोजित सङ्क्षिप्त समारोहमा प्रतिष्ठानका सबै कर्मचारीहरूले आफ्नो परिचय दिनुका साथै नवनियुक्त कार्यकारी अध्यक्षज्यूलाई हार्दिक स्वागत गर्दै शुभकामना दिनुभएको थियो ।

नीति अनुसन्धान प्रतिष्ठानमा वहाँ चौथो कार्यकारी अध्यक्षको रूपमा प्रवेश गर्नुभएको छ । प्रतिष्ठानमा यस अघिका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीको कार्यकाल मिति २०७९ फाल्गुन २० मा समाप्त भएपछि हालसम्म सो पद रिक्त रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट गणित शिक्षामा विद्यावारिधि गर्नुभएका र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक शर्मासँग उच्चशिक्षामा कुल ३८ वर्ष प्राध्यापन, अनुसन्धान र नेपाल खुला विश्वविद्यालयको संस्थापक उपकुलपति लगायत विभिन्न नेतृत्वदायी पदको दायित्व वहन गर्नुभएको अनुभव छ । नीति अनुसन्धान प्रतिष्ठानमा पदबहाली लिनु अघि वहाँले प्राध्यापन तथा त्रिभुवन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रका निर्देशकको जिम्मेवारी वहन गरिरहनुभएको थियो ।