April 16, 2025
२०८२ वैशाख ३
परराष्ट्र मन्त्रालय, सिंहदरबार, काठमाडौँ
नीति अनुसन्धान प्रतिष्ठान र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूबिच “आर्थिक कूटनीति प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण” विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो |
नेपालले आर्थिक कूटनीति प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरण अत्यावश्यक पूर्वशर्त रहेको सन्दर्भमा नीति अनुसन्धान प्रतिष्ठानले सो सम्बन्धमा एक सङ्क्षिप्त अनुसन्धान प्रतिवेदन तयार गर्न लागेको छ । यसको लागि तथ्याङ्क सङ्कलन गर्ने सिलसिलामा उक्त छलफल कार्यक्रम आयोजना गरिएको थियो |
उक्त छलफलमा नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले आर्थिक कूटनीति र संस्थागत सुदृढीकरणका विविध आयाम र उपायहरू विषयमा प्रस्तुति दिनुभएको थियो | त्यसपछि परराष्ट्र मन्त्रालयको तर्फबाट सम्पूर्ण सहभागीहरूले आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन तथा परराष्ट्र मन्त्रालयको संस्थागत सुदृढीकरणका उपायहरू सम्बन्धमा महत्त्वपूर्ण विचार तथा धारणाहरू प्रस्तुत गर्नुभएको थियो |
परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको सो छलफल कार्यक्रममा मन्त्रालयका तर्फबाट सह-सचिव, उप-सचिवहरू र शाखा अधिकृतहरूको उपस्थिति रहेको थियो भने नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट परराष्ट्र नीति तथा रणनीतिक मामिला अध्ययन केन्द्रको प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो | उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयको तर्फबाट सहसचिव श्री लक्ष्मण खनालले संयोजन गर्नुभएको थियो ।
सहभागिता
परराष्ट्र मन्त्रालय
नीति अनुसन्धान प्रतिष्ठान