logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठानमा गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिहरूलाई प्रदान गर्न सकिने सम्पत्तिको अधिकारसम्बन्धी सार्वजनिक नीति संवाद सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानमा गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिहरूलाई प्रदान गर्न सकिने सम्पत्तिको अधिकारसम्बन्धी सार्वजनिक नीति संवाद सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानमा गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिहरूलाई प्रदान गर्न सकिने सम्पत्तिको अधिकारसम्बन्धी सार्वजनिक नीति संवाद सम्पन्न

 June 12, 2025

जेठ २९, २०८२
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानमा गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिहरूलाई प्रदान गर्न सकिने सम्पत्तिको अधिकारसम्बन्धमा छलफल गर्न सार्वजनिक नीति संवाद कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानको परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्रका अनुसन्धानकर्ताहरूले गैरआवासीय नागरिकताप्राप्त नेपालीहरुलाई प्रदान गर्न सकिने आर्थिक अधिकारअन्तर्गत सम्पत्तिको अधिकारसम्बन्धी अध्ययन गर्दै रहेको सन्दर्भमा गुणात्मक तथ्याङ्कका रूपमानेपालका राजनैतिक दलहरूको नीति र विचार सङ्कलन गर्ने उद्देश्यले उक्तनीति संवाद आयोजना गरिएको थियो ।

कार्यक्रममा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, गैरआवासीय नेपाली संघ (एनआरएनए), र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूका साथै नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता एवम् अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अनुसन्धानकर्ता डा. हरिप्रकाश चन्दले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष, प्रा. डा. लेखनाथ शर्माले उपस्थित सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै उपयुक्त विषयमा भइरहेको अनुसन्धानको लागि उहाँहरूबाट आवश्यक र महत्त्वपूर्ण पृष्ठपोषण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले संविधानले व्यवस्थागरेको गैरआवासीय नेपाली नागरिकहरूको नागरिकतासम्बन्धी अधिकार तथा सम्पत्तिको अधिकारका प्रावधानहरू, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ र नियमावली २०६६ का मुख्य बुँदाहरू लगायत अध्ययनको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

गैरआवासीय नेपाली नागरिकताप्राप्त व्यक्तिहरूलाई प्रदान गरिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धमा बोल्दै सहभागीहरूले संविधानबमोजिम नागरिकता पाएपछि नेपाली नागरिक सरह व्यवहार गरिनुपर्ने, कल्याणकारी राज्य व्यवस्थाबाहेक अन्य सबै अधिकारहरू सुनिश्चित गरिनुपर्ने र सम्पत्तिको किनबेच, लगानी आदिजस्ता कार्यमा सीमा तोक्न नहुने सुझाव दिनुभएको थियो । त्यसैगरी, दोहोरो नागरिकता स्वीकृत गर्ने राष्ट्रका गैरआवासीय नेपालीहरूलाई नागरिकता प्रदान गर्नुमा कुनै समस्या नहुने तर सोसम्बन्धी व्यवस्था नभएका राष्ट्रहरूको हकमा परिचयपत्र आवश्यक पर्ने भएकाले नागरिकता र परिचयपत्र दुवैको व्यवस्था गरिनुपर्ने विषयमा पनि विचारहरू प्रस्तुत भएका थिए । गैरआवासीय नेपालीहरू नेपाली नागरिक नभई अन्य देशका नागरिक भइसकेको हुनाले राष्ट्रिय सुरक्षा, भू-राजनीति र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर यसबारे निर्णय लिनुपर्ने पनि केही सहभागीहरूको राय थियो ।

कार्यक्रममा अपेक्षित सहभागिता रहेको र छलफलबाट अनुसन्धानलाई सहयोग पुग्ने किसिमका टिप्पणीहरू प्राप्त भएको बताउँदै प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो ।

आमन्त्रित सहभागीहरू:
खिमलाल देवकोटा (केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र)
किरणराज शर्मा पौडेल (जनसम्पर्क समिति समन्वय विभाग प्रमुख, नेपाली कांग्रेस)
शंकर लामिछाने (नेपाली कांग्रेस)
जगन्नाथ खतिवडा (उपाध्यक्ष, नेकपा एकीकृत समाजवादी केन्द्रिय कमिटी)
आनन्द अधिकारी (केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी)
केशवराज पौडेल (सदस्य, प्रवास विभाग, राष्ट्रिय प्रजातन्त्र पार्टी)
प्रेमकुमार श्रेष्ठ (सदस्य, कार्य सम्पादन, राष्ट्रिय प्रजातन्त्र पार्टी)
पुस्करजंग थापा (सदस्य, प्रवास विभाग, राष्ट्रिय स्वतन्त्र पार्टी)
प्रणय राणा (उपप्रमुख, गैरआवासीय नेपाली केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी)
आशिष रेग्मी (कार्यकारी निर्देशक, नीति तथा अनुसन्धान प्रतिष्ठान, नेकपा एमाले)
उदयराज पाण्डे (सदस्य, परराष्ट्र मामिला विभाग, नेकपा एमाले)
पुष्पराज भट्टराई (सहसचिव, परराष्ट्र मन्त्रालय)
कृष्ण तिमिल्सेना (सहकोषाध्यक्ष, गैरआवासीय नेपाली संघ)
सरोज दाहाल (सम्पर्क व्यक्ति, गैरआवासीय नेपाली संघ)
इन्द्रलक्ष्मी घिमिरे (सञ्चार तथा वैदेशिक रोजगार अधिकृत, गैरआवासीय नेपाली संघ)

नीति अनुसन्धान प्रतिष्ठानका सहभागीहरू:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
डा. झम कुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
रीजा मानन्धर (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
पर्वत भट्टराई (वरिष्ठ सहायक)
मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
जुना श्रेष्ठ (इन्टर्न)
आयुष्का के.सी.(इन्टर्न)
आशिष भण्डारी (इन्टर्न)
कुमारी अलिका (इन्टर्न)
सतिस सापकोटा (इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)

यस कार्यक्रमको फोटोहरूका लागि यहाँ क्लिक गर्नु होला