logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

महत्त्वपूर्ण सूचना

logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५

रोजिन राई

रोजिन राई

इन्टर्न

रोजिन राई अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभएको नीतिगत तथा प्रशासनिक क्षेत्रमा समर्पित व्यक्ति हुनुहुन्छ। नेपाल संघीय संसदमा व्यक्तिगत सचिवका रूपमा कार्य गर्दै उहाँले विधेयक समन्वय, नीतिगत सहयोग तथा उच्चस्तरीय प्रशासनिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ। यस क्रममा उहाँले ई–कमर्स विधेयक र नेपाल विश्वविद्यालय विधेयक लगायतका महत्वपूर्ण विधेयकहरू पारित गर्न सहयोग पुर्‍याउनुभएको छ।

उहाँसँग अनुसन्धान तथा विश्लेषण, कागजात व्यवस्थापन, सरोकारवाला समन्वय तथा सार्वजनिक सञ्चारसम्बन्धी सुदृढ अनुभव छ। यसका साथै उहाँले परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा समेत कार्य अनुभव हासिल गर्नुभएको छ। एम.एस अफिस प्रयोगमा दक्ष र नेपाली तथा अंग्रेजी भाषामा दख्खल राख्ने रोजिन राईले राजनीतिक समझदारी, संगठनात्मक कार्यक्षमता तथा व्यावसायिक गोपनीयतालाई समेट्दै गतिशील सरकारी वातावरणमा प्रभावकारी रूपमा कार्य गर्दै आउनुभएको छ।