कुसुम ढुंगाना

कुसुम ढुंगाना

इन्टर्न

कुसुम ढुंगाना जनस्वास्थ्य तथा सामाजिक शास्त्र क्षेत्रमा अध्ययन र कार्य अनुभव भएकी व्यक्ति हुनुहुन्छ। उहाँले ग्रामीण विकास विषयमा स्नातकोत्तर (एम.ए.) उपाधि हासिल गर्नुभएको छ। उहाँले सुशासन, विकास अध्ययन तथा नीति–सम्बन्धी अनुसन्धानमा शैक्षिक र व्यवहारिक अनुभव प्राप्त गर्नुभएको छ। यसअघि उहाँले पब्लिक हेल्थ रिसर्च सोसाइटी नेपालमा अनुसन्धान अधिकृतका रूपमा कार्य गर्दै जनस्वास्थ्य तथा विकाससम्बन्धी अध्ययनहरूमा अनुसन्धान योजना तयार गर्ने, तथ्यांक संकलन तथा विश्लेषण गर्ने, र प्रतिवेदन लेखनमा योगदान दिनुभएको छ।

हाल उहाँ नेपाल सरकारको थिङ्क ट्यांक संस्था नीति अनुसन्धान प्रतिष्ठानअन्तर्गत सुशासन, संघीयता तथा सामाजिक मामिला केन्द्रमा इन्टर्नका रूपमा कार्यरत हुनुहुन्छ। उहाँका रुचिका क्षेत्रहरू जनस्वास्थ्य प्रणाली, सुशासन तथा संघीयता, सामाजिक नीति, र विकास योजना हुन्। उहाँ अनुसन्धान र तथ्यमा आधारित अध्ययनमार्फत नीति निर्माणमा सहयोग पुर्‍याउने तथा समावेशी विकासमा योगदान दिन प्रतिबद्ध हुनुहुन्छ।