प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

सुधीर श्रेष्ठ

सुधीर श्रेष्ठ

विश्लेषक

सुधीर श्रेष्ठले साउथ एसियन युनिभर्सिटि , नयाँ दिल्लीबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको अनुसन्धान विभागमा विश्लेषकको रूपमा कार्यरत हुनुहुन्छ। उहाँ मुख्यतया अनुसन्धान प्रस्ताव लेखन, अध्ययन डिजाइन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, प्रतिवेदन तयारी, समीक्षा तथा पृष्ठपोषणजस्ता अनुसन्धान कार्यहरूमा संलग्न हुनुहुन्छ।

उहाँको अनुसन्धान तथा प्रकाशनहरू अनौपचारिक क्षेत्र, अनौपचारिक श्रम, र विगतका दशकहरूमा नेपालको अर्थतन्त्रमा भइरहेको संरचनात्मक परिवर्तनमा केन्द्रित छन्।  चार वर्षभन्दा बढी समयदेखि विभिन्न अनुसन्धान तथा पैरवी परियोजनाहरूमा संलग्न रहँदै गर्दा श्रेष्ठले साना चिया किसानहरू , सडक व्यापारीहरू, आन्तरिक राजस्व सङ्कलन, र हेरचाह अर्थतन्त्रजस्ता विविध विषयसम्बन्धीअध्ययनहरूमा पनि योगदान पुर्‍याउनु भएको छ। उहाँसँग स्नातक तहका विद्यार्थीहरूलाई विकास अर्थशास्त्र पढाएको शिक्षण अनुभव पनि छ।