logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
प्रा. डा. लेखनाथ शर्मा

प्रा. डा. लेखनाथ शर्मा

कार्यकारी अध्यक्ष

त्रिभुवन विश्वविद्यालयबाट गणित शिक्षfमा विद्यावारिधि उपाधि हासिल गर्नु भएका प्रा. डा. लेखनाथ शर्मा त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायमा गणित शिक्षा प्राध्यापक हुनुहुन्थ्यो । प्राध्यापक शर्मासँग शिक्षा क्षेत्रमा शिक्षण, अनुसन्धान, परामर्श र व्यवस्थापन/प्रशासन कार्यहरूका कुल ३८ वर्षको कार्य अनुभव रहेको छ । वहाँले सन् २०१७ देखि २०२१ सम्म नेपाल खुला विश्वविद्यालयको संस्थापक उपकुलपतिको हैसियतमा सेवा गर्नुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा २०८१ जेठ १५ गते पदग्रहण गर्नु अघि वहाँ त्रिभुवन विश्वविद्यालयको प्राध्यापकको रूपमा प्राध्यापनरत हुनुहुन्थ्यो । यस अतिरिक्त, वहाँ त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को सदस्य र शिक्षाशास्त्र संकाय अनुसन्धान समितिको सदस्यको रूपमा कार्यरत हुनुहुन्थ्यो । प्राध्यापक शर्माले नेपालका विश्वविद्यालय र विदेशका विश्वविद्यालयहरूबिच सहकार्यमा आधारित विकास तथा अनुसन्धान परियोजनाहरुको संयोजन र नेतृत्व गर्नुका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगद्वारा गठित शिक्षा नीति तथा कार्यक्रम निर्माण र कार्यन्वयनसँग सम्बन्धित विभिन्न समितिहरूको संयोजक र सदस्यको रूपमा सेवा गर्नुभएको छ ।