logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

प्राञ्जल रिजाल

प्राञ्जल रिजाल

विश्लेषक

प्राञ्जल रिजाल सार्वजनिक नीति र कृषि अर्थशास्त्रमा बलियो शैक्षिक तथा व्यावहारिक अनुभवको पृष्ठभूमि भएको एक कुशल अनुसन्धाता हुनुहुन्छ । उहाँले भारतको काशी हिन्दू विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको छ । हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागमा विश्लेषकको पदमा कार्यरत हुनुहुन्छ।

नीति अनुसन्धान प्रतिष्ठानमा उहाँ अनुसन्धान प्रतिवेदन तथा अन्य प्रकाशनहरूको समीक्षा र सम्पादन प्रक्रिया, सूचना तथा सञ्चार व्यवस्थापन, सार्वजनिक नीति संवादहरूको आयोजना, सरोकारवालाहरूसँगको समन्वय, संस्थागत ज्ञानको प्रचारप्रसारका साथै विभिन्न अनुसन्धान परियोजनाहरूमा संलग्न रहनुभएको छ ।

रिजालसँग मात्रात्मक तथा गुणात्मक अनुसन्धान, तथ्याङ्क व्यवस्थापन, अनुसन्धान तथा सांख्यिकीय डिजाइनका साथै अनुसन्धान परियोजनाको योजना, अनुगमन र मूल्याङ्कनको क्षेत्रमा विभिन्न संस्थाहरूमा रहेर काम गरेको व्यावहारिक अनुभव छ। उहाँ अनुसन्धानमा विश्लेषणात्मक स्पष्टता र व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्न सक्षम हुनुहुन्छ । कृषि, प्राकृतिक श्रोत व्यवस्थापन, अर्थतन्त्रका विषयवस्तुहरू, दिगो विकास, र जोखिम व्यवस्थापनजस्ता विषयमा रूचि राख्ने उहाँ न्यायसङ्गत, समावेशी र दिगो विकासलाई प्रवर्धन गर्ने उद्देश्यका साथ प्रमाणमा आधारित नीति निर्माणका लागी नीति अनुसन्धान गर्न तत्पर हुनुहुन्छ ।