logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

दिपेन्द्र प्रसाद पन्त

दिपेन्द्र प्रसाद पन्त

सहअनुसन्धानकर्ता

दिपेन्द्र प्रसाद पन्तले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ । हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागमा सह अनुसन्धानकर्ताको पदमा कार्यरत हुनुहुन्छ।

उहाँसँग शिक्षणलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका सङ्घसंस्था, कम्पनी र नीति अनुसन्धानमा समेत गरी सत्ताइस वर्ष लामो पेसागत कार्यानुभव छ। उहाँ नीति अनुसन्धान, परिणाममा आधारित परियोजना व्यवस्थापन, परियोजना निर्माण, अनुगमन र मूल्याङ्कन,  प्रतिवेदन लेखन र सम्पादनमा विशेष दखल राख्नुहुन्छ । उहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका जर्नलमा लेखहरू र नीति अनुसन्धानमा आधारित पुस्तकहरू लगायत पुस्तकका परिच्छेदहरू प्रकाशित छन् । व्यक्तिहरू र मानव अधिकार ज्यादती तथा हनन्का घटनाहरूको प्रलेखीकरणगरी उहाँबाट सम्पादित पुस्तकहरू प्रकाशित छन् ।