logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

डा. देजिना थापा

डा. देजिना थापा

विश्लेषक

डा. देजिना थापा एक व्यावसायिक स्वास्थ्य अनुसन्धानकर्ता हुनुहुन्छ । उहाँको गम्भीर स्वास्थ्य सेवा, नसर्ने घातक रोगहरू, आपतकालीन अवस्था तथा विपत् जोखिम व्यवस्थापन, स्वास्थ्य सेवा र नीति अनुसन्धान तथा कार्यान्वयन विज्ञानजस्ता विषयमा विशेषज्ञता रहेको छ । हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको अनुसन्धान विभागमा विश्लेषकको पदमा कार्यरत हुनुहुन्छ ।

डा. थापाले द चाइनीज युनिभर्सिटी अफ हङकङबाट नर्सिङमा विद्यावारिधि प्राप्त गर्नुभएको हो र त्यसक्रममा उत्कृष्ट गैर-स्थानीय विद्यार्थी २०२३ बाट सम्मानित हुनुभएको थियो । उहाँले भारतको दिल्ली विश्वविद्यालयबाट मेडिकल एण्ड सर्जिकल नर्सिङमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको थियो । उहाँको अनुसन्धान कृतिहरू अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित विभिन्न जर्नलहरूमा प्रकाशित छ र उहाँले विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरू पनि प्राप्त गर्नुभएको छ। साथै, उहाँ वैज्ञानिक जर्नलहरूमा समीक्षकका रूपमा पनि सक्रिय रूपमा योगदान दिँदै आउनुभएको छ ।