प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा पारु - १६

रिजा मानन्धर

रिजा मानन्धर

सह अनुसन्धानकर्ता

रिजा मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएको छ। हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको प्राकृतिक संसाधन तथा प्रविधि नीति अध्ययन केन्द्रमा सहअनुसन्धानकर्ताको पदमा कार्यरत हुनुहुन्छ

यसअघि उहाँ नीति अनुसन्धान प्रतिष्ठानमै विश्लेषकको रूपमा कार्यरत हुनुहुन्थ्यो। सामाजिक तथा वातावारणीय अनुसन्धान नेपालमा वरिष्ठ अनुसन्धान अधिकृतको रूपमा समेत उहाँको कार्यानुभव रहेको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागमा अनुसन्धान सहायकको रूपमा काम गर्दा उहाँ जलवायुसम्बन्धी तथ्याङ्क विश्लेषण, बालुवा-गिट्टी उत्खननको निगरानी, तथा अन्य फिल्ड अनुसन्धान गतिविधिहरूमा संलग्न हुनुहुन्थ्यो। पेशागत कार्यबाहेक, रोटरी क्लब अफ पाटन हेरिटेजकी सदस्यको रूपमा उहाँले वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य सेवा, र सामाजिक कल्याणमा केन्द्रित सामुदायिक कार्यक्रमहरूमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आउनुभएको छ

उहाँ प्राकृतिक स्रोत तथा वातावरण क्षेत्रका विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी नीति अनुसन्धान तथा विश्लेषणमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ, र सरकारी नीतिगत प्रक्रियामा महत्वपूर्ण सुझाव र प्रतिकृया प्रदान गर्दै आउनु भएको छ। एक दशकभन्दा बढीको अनुभवसहित, मानन्धर वातावरणीय तथा सामाजिक अध्ययन, ठूला परिमाणका सर्वेक्षण तथ्याङ्क व्यवस्थापन, गणनात्मक विश्लेषण, र नीतिगत अनुसन्धानजस्ता बहु-आयामिक विषयवस्तुमा विशेष दक्षता राख्नुहुन्छ।