logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
डा. प्रदिप पन्थी

डा. प्रदिप पन्थी

अनुसन्धानकर्ता

डा. प्रदिप पन्थीले नागोया विश्वविद्यालयको ग्राजुएट स्कूल अफ इन्टरनेशनल डेभलपमेन्टबाट अन्तर्राष्ट्रिय विकास विषयमा विद्यावारिधि (PhD) हासिल गर्नुभएको छ, जहाँ उहाँले शिक्षण सहायकको रूपमा पनि कार्य गर्नुभएको थियो। उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय अध्ययनमा स्नातक तथा स्नातकोत्तर डिग्री (विशिष्ट श्रेणीमा) प्राप्त गर्नुभएको छ।
हाल डा. पन्थी नीति अनुसन्धान प्रतिष्ठानको आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्रमा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ। यसअघि उहाँले एसियाली विकास बैंक प्रतिष्ठानमा परामर्शदाता-अर्थशास्त्री तथा अनुसन्धान सहयोगीका रूपमा कार्य गर्नुभएको थियो। बैंक तथा वित्तीय क्षेत्र, कर्पोरेट क्षेत्रका व्यवस्थापकीय तथा मध्यम तहका पेशा, र नेपालका विश्वविद्यालयहरूमा उहाँको उल्लेखनीय कार्यानुभव रहेको छ। अन्तर्राष्ट्रिय वित्त, वृहत् अर्थशास्त्र, मौद्रिक तथा वित्तीय अर्थशास्त्र, विकास अर्थशास्त्र, विकास वित्त, संस्थागत संरचना, र अर्थमिति जस्ता अनुसन्धानका क्षेत्रमा उहाँको विशेष रूचि रहेको छ। उहाँको अनुसन्धान मुख्य रूपमा व्यापार, लगानी र वित्तमार्फत आर्थिक विकास; संस्थागत र नीतिगत व्यवस्थापनमार्फत विकास; तथा अन्तर्राष्ट्रिय पुँजी प्रवाहको गतिशीलतामा केन्द्रित छ।