अनुसन्धानकर्ता(संघीय मामिला, प्रशासन र सार्वजनिक सेवा प्रवाह)
अशोक पाण्डे शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति केन्द्रमा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ। त्यसअघि चार वर्षसम्म नीति अनुसन्धान प्रतिष्ठानमा सह-अनुसन्धानकर्ताको रूपमा रहँदा उहाँले नेपालमा मानसिक स्वास्थ्य नीति, स्थानीय तथा प्रादेशिक स्तरमा विधायकी कार्यसम्पादन, महामारीको पूर्व तयारी, सुशासन र नेपालमा प्रजातन्त्र संस्थागत गर्ने प्रक्रियामा केन्द्रित अनुसन्धानका काम गर्नुभएको थियो।</p>
पाण्डेको शैक्षिक पृष्ठभूमि जनस्वास्थ्य क्षेत्रमा रहेको छ । उहाँले राजीव गान्धी विश्वविद्यालय, बैंगलोरबाट स्नातकोत्तर, नेपालबाट स्नातक, र ट्याम्पेरे विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानबाट डिप्लोमा कोर्स अध्ययन गर्नुभएको हो।उहाँले मेटा-विश्लेषण र लिभिङ सिस्टेमेटिक रिभ्यु (युनिभर्सिटी अफ कटनिया, इटाली) तथा क्लिनिकल ट्रायल र आचारसंहिता (आइसीएमआर, भारत) सम्बन्धी तालिम लिनुभएको छ।
उहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मा ६ वर्ष वरिष्ठ अनुसन्धान अधिकृतका रूपमा रहनुभएको थियो । नर्वे अनुसन्धान फेलोसिप अन्तर्गत बङ्गलादेशको चाइल्ड साइट फाउन्डेसन ग्लोबलमा कार्यरत रहँदा स्वास्थ्य अनुसन्धान आचारसंहिता बोर्ड स्थापना गर्न प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा, नेपालको क्लिनिकल ट्रायल रजिस्ट्री स्थापना गर्नमा पाण्डेको महत्वपूर्ण योगदान थियो जस अन्तर्गत नेपालमा गरिने सबै क्लिनिकल ट्रायल अनिवार्य स्वीकृति हुनु पर्ने प्रावधान राखियो । पाण्डेले केएसि अनुसन्धान फेलोसिप, युके र जलवायु परिवर्तन अनुसन्धान फेलोसिप, भारत प्राप्त गर्नुभएको छ। सन् २०२० मा उहाँलाई मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा अनुसन्धानकर्ता पुरस्कारद्वारा सम्मानित गरियो।