नीति अनुसन्धान प्रतिष्ठान युगान्तकारी नीतिहरू बनाउँदै

September 29, 2021

नेपाल लाइभमंगलबार, असोज १२, २०७८, ११:४०

twitter sharing button
sharethis sharing button

1140x725

काठमाडौं- सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान चौथों वर्षमा प्रवेश गरेको छ।

यसैसन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेका कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत  पुस्तकहरुको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू गरेको छ।

उक्त अवसरमा नीति अनुसन्धान र नीति नव-प्रवर्तनको क्षेत्रमा अनुसन्धान र अध्यापनमार्फत् उल्लेख्य योगदान पुर्‍याइरहेको काठमाडौं विश्वविद्यालयलाई ‘नीति सम्मान’द्वारा सम्मानित पनि गरियो।

नेपाल सरकारको नीति थिंक-ट्याङ्क (विशेषज्ञ समूह) को रुपमा २०७५ असोज १० मा स्थापित नीति अनुसन्धान प्रतिष्ठानमा अनुसन्धान, नीति विश्लेषण, पुस्तकालय व्यवस्थापन तथा सूचना तथा ज्ञान व्यवस्थापन सम्बन्धी स्वदेश तथा विदेशमा उच्च शिक्षा तथा विशिष्टिकृत अनुभव संगालेका विज्ञ अनुसन्धाताहरू कार्यरत छन्।

कार्यक्रममा प्रतिष्ठानले पछिल्ला दुई महिनामा प्रकाशित गरेका ६ वटा प्रकाशनहरूको विमोचन गरिएको छ। 

प्रतिष्ठानले प्रदान गरेको सम्मान र नगद पुरस्कार (रु. ५० हजार) स्वीकार गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले प्रतिष्ठानले प्रदान गरेको ५० हजारमा ५० लाख थपी काठमाडौं विश्वविद्यालयमा नीति अनुसन्धानका लागि एउटा विशिष्ट कोष स्थापना गर्ने घोषणा गरे। 

Source : Nepal Live