नीति अनुसन्धान प्रतिष्ठानले मनायो तेस्रो वार्षिकोत्वस

September 28, 2021

अनलाइन साझा

messenger sharing button
email sharing button
print sharing button

११असोज, काठमाडौँ । नीति–निर्माण कार्यमा सरकारलाई सहयोग पुर्याउन गठित नीति अनुसन्धान प्रतिष्ठानले आइतबार तेस्रो वार्षिकोत्वस मनाएको छ ।
प्रतिष्ठानले वार्षिकोत्सवमा आफ्नो प्रकाशनहरू विमोचन, उत्कृष्ट कर्मचारी पुरस्कार तथा ‘नीति सम्मान’ वितरण गरेको थियो ।

विकास समिति गठन आदेश अनुसार २०७५ असोज १० मा स्थापित भएको सरकारी थिंक ट्याङ्क (सोच केन्द्र) मा विभिन्न देशमा अनुभव संगालेर फर्किएका वा स्वदेशमा उच्च ज्ञान हासिल गरेका विषयगत विज्ञहरू कार्यरत छन् ।

संस्थाले नयाँ नीतिहरूको आवश्यकता औँल्याउने, पुराना–मौजुदा नीतिको समीक्षा÷परीक्षण गरी परिमार्जन वा खारेजीको लागि सुझाव दिने र सरकारका लागि आवश्यक नयाँ नीतिहरू तर्जुमा गर्ने काम गर्दै आएको छ ।

प्रतिष्ठानले कोरोना भाइस महामारीमा सहयोग पुराउने विभिन्न संस्थालाई भौतिक उपस्थित गराए पनि शुभेच्छु र विज्ञहरुलाई भर्चुअल माध्यमबाट सहभागि गराएको थियो ।

आफ्ना विभिन्न प्रकाशनहरु विमोचन गरेको प्रतिष्ठानले बहुप्रतिक्षित फ्ल्यागशिप प्रकाशन ‘नेपाल पब्लिक पोलिसि रिभ्यु जर्नल’ को पहिलो अङ्क पनि सार्वजनिक गरेको छ ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले प्रतिष्ठानले हालसम्म ३३ वटा प्रकाशन गरेको जानकारी दिए ।

  •  प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार