विज्ञहरू | प्रोफाइल

श्री दुर्गा प्रसाद भट्टराई
Biography

भोजपुर जिल्लामा जन्मनु भएका श्री दुर्गा प्रसाद भट्टराई सन् २०११ देखि २०१३ सम्म नेपाल सरकारको परराष्ट्र सचिव हुनुहुन्थ्यो । सन् २०१३ देखि २०१८ सम्म उहाँले न्यूयोर्कमा रही संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि र इक्वेडर, पेरु र भेनेजुएलाका लागि सह-प्रमाणिकृत राजदूतको रूपमा कार्य गर्नुभएका श्री भट्टराईले सन् २००५ देखि २००९ सम्म श्रीलंका र माल्दिभ्सका लागि राजदूत र सन् २००५ देखि २००६ सम्म कोलोम्बो प्लान काउन्सिलको अध्यक्ष भई कार्य गर्नुभएको छ ।

तीन दशक भन्दा लामो नेपालको निजामती सेवामा रहँदा उहाँले राष्ट्रिय वायुसेवा, विश्वविद्यालय, मन्त्रिपरिषद् सचिवालय, योजना आयोग सचिवालय तथा स्वास्थ्य मन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा रही काम गर्नुभएको छ ।  श्री भट्टराईले कुटनीतिक तहका विभिन्न द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय वैठक र  सम्मेलनहरूको प्रतिनिधित्व गर्नुभएको छ, नेपाललाई संयुक्त राष्ट्रसँगको साधारण सभामा एसिया प्रशान्त क्षेत्रको  निर्वाचित प्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्नुभएको छ भने मानव अधिकार परिषद्, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९, यातना विरुद्धको महासन्धि लगायतका नेतृत्वमा नेपाललाई पहिलो पटक निर्वाचित गराउन योगदान गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्र संघको सुधारमा नेपालको दृष्टिकोण प्रस्तुतिमा  समन्वय गर्नुका साथै दिगो विकासका लागि २०३० कार्यसूची ग्रहणमा समेत योगदान पुर्याउनु भएको छ ।

श्री भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक र वाणिज्य प्रशासनमा स्नातकोत्तर तह पूरा गर्नुका साथै नेदरल्यान्ड्सको Institute of Social Studies बाट क्षेत्रीय विकासमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ ।