नीति अनुसन्धान प्रतिष्ठान कर्मचारी क्षमता विकास कार्यक्रम अन्तर्गत एक-दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

February 18, 2024

२०८० फाल्गुन ६

नीति अनुसन्धान प्रतिष्ठानले कर्मचारी क्षमता विकास कार्यक्रम शृङ्खलाको सिलसिलामा नीति अनुसन्धान विधि अन्तर्गत नीति अनुसन्धान र प्राज्ञिक अनुसन्धानको भेद र अन्तरसम्बन्ध, मिडिया विश्लेषणको सान्दर्भिकता, र सार्वजनिक सेवामा उत्प्रेरणा र समय व्यवस्थापन सम्बन्धी विषयमा तीन सत्रहरूका एक-दिवसीय प्रशिक्षण सम्पन्न गरेको छ ।

ललितपुर फर्पिङको हात्तीवन हिमालय हाइट रिसोर्टमा आयोजित सो प्रशिक्षण कार्यक्रममा स्रोतव्यक्तिहरू प्रा. डा. पेशल खनालले नीति अनुसन्धान र प्राज्ञिक अनुसन्धान विषयमा, श्री लक्ष्मण दत्त पन्तले मिडिया विश्लेषण विषयमा र श्री प्रदीप श्रेष्ठले सार्वजनिक सेवा उत्प्रेरणा र समय व्यवस्थापनमा प्रशिक्षण दिनुका साथै अन्तर्क्रिया गराउनु भएको थियो । प्रा. डा. खनालले नीति अनुसन्धान र प्राज्ञिक अनुसन्धानका दार्शनिक र व्यावहारिक भेद र समानतालाई अनुसन्धान चक्रमा आधारित भएर विश्लेषण गर्दै नीति अनुसन्धानको गुणवत्ता पक्षमा प्रकाश पार्नुभएको थियो भने श्री पन्तले मिडिया विश्लेषणको परिचय, गुणात्मक अनुसन्धानमा मिडिया विश्लेषणको महत्त्व र मिडिया विश्लेषण पद्धति बारे प्रस्तुति दिनुभएको थियो । त्यसै गरी, श्री श्रेष्ठले कर्मचारीको व्यक्तिगत, पेशागत र सामाजिक जीवनबिच सन्तुलन कायम राख्ने रणनीतिहरू र सार्वजनिक सेवामा उत्प्रेरणाको महत्त्वबारे प्रस्तुति दिनुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका ३५ जना कर्मचारीहरू र इन्टर्नहरू सहभागी भएका थिए ।

सहभागिता:

स्रोतव्यक्तिहरू
१. प्रा. डा. पेशल खनाल (त्रिभुवन विश्वविद्यालय)
२. श्री लक्ष्मण दत्त पन्त (मिडिया फ्रिडम कोअलिशन-कन्सल्टेटिभ नेटवर्क)
३. श्री प्रदिप श्रेष्ठ (ब्लू ओभल इन्टरनेशनल)

प्रतिष्ठानबाट सहभागीहरू
१. श्री लक्ष्मण प्रसाद भट्टराई
२. डा. हरि शर्मा न्यौपाने
३ . डा. मुक्तिराम रिजाल
४. डा. खगनाथ अधिकारी
५. डा. कल्पना खनाल
६. डा. राजेन्द्र खनाल
७. डा. गिरिराज शर्मा
८. डा. मनिता कुसी
९. डा. झम कुमार विश्वकर्मा
१०. श्री अशोक पाण्डे
११. श्री दीपेन्द्र प्रसाद पन्त
१२. श्री रिजा मानन्धर
१३. श्री गोपाल आचार्य
१४. श्री राजेन्द्र सेन्चुरी
१५. श्री मचाभाई महर्जन
१६. श्री कृष्ण प्रसाद बिक
१७. श्री बिमल चन्द्र शर्मा
१८. श्री संजु कुमारी सरबरिया
१९. श्री अस्विन पोख्रेल
२०. श्री सुबिन उलक
२१. श्री ज्योती लुइंटेल
२२. श्री सोनिया बस्याल
२३. श्री प्राञ्जल रिजाल
२४. श्री दीजा बस्ताकोटी
२५. श्री कुशल थपलिया
२६. श्री कन्चन गौतम
२७. श्री उर्मिला कोजु
२८. श्री अस्मिता रिजाल
२९. श्री बिराज ढुंगाना
३०. श्री लक्ष्मी कँडेल
३१. श्री संगीता ओझा
३२. श्री पवित्रा घिमिरे
३३. श्री देउ बहादुर गुरुङ
३४. श्री बिष्णु प्रसाद भण्डारी
३५. श्री पदम बहादुर जिरेल