निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानबीच बैठक सम्पन्न

August 12, 2020

०५ कत्तिक २०७७

निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानबीच बैठक सम्पन्न
२८ साउन २०७७
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगका प्रतिनिधिहरूबीच निर्वाचन आयोगको कार्यालयमा निर्वाचन सुधारका विषयमा सहकार्यका लागि २८ साउन २०७७ मा छलफल भयो । सो बैठकले सहकार्यका क्षेत्र पहिचान गरी काम गर्न सहमति जनाएको छ ।
बैठकमा निर्वाचन आयोगले निर्वाचन सम्बन्धी विषय, चुनौती र अवसरहरूको विश्लेषण गरी प्रतिष्ठानबाट प्रमाणमा आधारित सिफारिश आओस् भन्ने अपेक्षा गरेको थियो । यस अध्ययनको उद्देश्य समग्रमा निर्वाचन प्रणालीको सुधार गर्नु हो भने विद्युतीय मतदान मेसिनको खास अध्ययन हुनेछ ।
निर्वाचन आयोगका तर्फबाट मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्त नरेन्द्र दाहाल, सचिव देवकुमारी गुरागाईं, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ, सहसचिव लक्ष्मीप्रसाद गौतम र सहसचिव कोमलप्रसाद निरौलाको उपस्थिति थियो । त्यसैगरी नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, अनुसन्धान विभाग प्रमुख डा. दीपककुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ता तथा शासकीय प्रबन्ध र सेवाप्रवाह समूहका संयोजक डा. मुक्तिराम रिजाल, कार्यालय प्रबन्धक पुरुषोत्तम तिवारी र सूचना र ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. मुकुन्द कट्टेलको उपस्थिति थियो ।