प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व पुन्हि - १५

विज्ञसूचीमा दर्ता

नीति अनुसन्धान प्रतिष्ठानको विज्ञ सूचीमा दर्ता हुन हार्दिक आमन्त्रण नीति अनुसन्धान प्रतिष्ठान नेपाल सरकारद्वारा “नीति अनुसन्धान प्रतिष्ठान विकास समिति” गठन आदेश २०७५ अनुरूप १० असोज २०७५ मा स्थापना गरिएको विशेषज्ञ समूह (थिंक ट्याङक्) हो । राष्ट्रले अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा संचालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने, नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य गर्दछ। मुलुकमा आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनु पर्ने नीति र उपायका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने, निजामती वा सार्वजनिक सेवालाई थप प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन त्यस्तो सेवामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने र नेपाल सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको मस्यौदा गरी कारबाहीको लागि सम्बन्धित मन्त्रालय पठाउने प्रतिष्ठानका अन्य कार्यहरू हुन्। प्रतिष्ठानले सार्वजनिक नीतिसँग सम्बन्धित आम सरोकारका सबै विषयमा अनुसन्धान गर्ने भएकाले प्रतिष्ठानका अनुसन्धानका क्षेत्र व्यापक छन् । यी विषयहरूलाई निम्नानुसारका पाँच विषयगत समूहमा संगठित गरिएको छ: १. आर्थिक तथा पूर्वाधार विकास२. शासकीय प्रबन्ध तथा सङ्घीय मामिला३. कानुनी तथा सामाजिक मामिला४. परराष्ट्र तथा रणनीतिक मामिला५. विज्ञान, प्रविधि र प्राकृतिक स्रोत माथिका कुनै पनि विषयगत समूहमा विशेष अनुभव भएका योग्य प्राज्ञ, अनुसन्धाता, विश्लेषक, योजनाकार, प्रशिक्षक, नीति निर्माताहरूलाई विज्ञ सूचीमा सूचीकृत हुन प्रतिष्ठान हार्दिक आव्हान गर्दछ । विज्ञहरूको राष्ट्रिय सूचीको रूपमा रहने यस सूचीमा आबद्ध विज्ञहरूबाट प्रतिष्ठानको आवश्यकता र विज्ञहरूको विज्ञताको आधारमा प्रतिष्ठानले अनुसन्धान, अनुसन्धान अवधारणा तथा प्रतिवेदन समीक्षा, सार्वजनिक नीति संवाद, प्रकाशन तथा प्रतिवेदनको समकक्षी समीक्षा, सोचपत्र तयारी, विविध उद्देश्य र प्रकृतिको परामर्श तथा प्रतिष्ठानको जर्नल लगायतमा सेवा लिने गर्दछ । यो सूची सरकारका मन्त्रालयहरू, विभागहरू र अन्य निकायहरूले पनि आवश्यकताका आधारमा उपयोग गर्न सक्नेछन । आफ्नो पेसागत विवरण यस पोर्टलमार्फत भरी वा विज्ञसूचीको ईमेल – roster@pri.gov.np मार्फत यहाँ सूचीकृत हुन सक्नुहुन्छ । नीति अनुसन्धान प्रतिष्ठान