प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोगबीच नीति अनुसन्धानका साझा क्षेत्रहरू पहिचानका लागि अन्तरक्रिया

नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोगबीच नीति अनुसन्धानका साझा क्षेत्रहरू पहिचानका लागि अन्तरक्रिया

नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोग नीति अनुसन्धानका साझा क्षेत्रहरू पहिचान गरी सहकार्य गर्न सहमत भएका छन् l यी दुई संस्था बीच ७ कात्तिक २०७८ का दिन आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो सहमति भएको हो l

अन्तरक्रियाको शुरुमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेतीले प्रतिष्ठानको काम, उपलव्धि र नीति अनुसन्धानका क्षेत्रहरूको प्राथमिकताका बारेमा सङ्क्षिप्त प्रस्तुति गर्नु भएको थियो । त्यसैगरी, राष्ट्रिय योजना आयोगका तर्फबाट सहसचिव डा. वाशुदेव शर्माले राष्ट्रिय योजना आयोगले गर्ने अनुसन्धान क्षेत्रहरूको बारेमा चर्चा गर्नुभएको थियो ।

आयोग र प्रतिष्ठानको प्रस्तुतिपछि आयोगका माननीय आयुक्तहरूसँग दुवै संस्थाको बिचमा गरिने सहकार्यका सम्भाव्य क्षेत्र तथा विषयमाथि छलफल गरियो । सहकार्यका लागि ठोस खाका तयार गर्न थप छलफल गर्ने सहमति सहित उपलव्ध सूचना र विज्ञतालगायतको स्रोत आदान प्रदान गर्न, अनुसन्धानमा हुन सक्ने दोहोरोपना हटाउन र गुणात्मक अनुसन्धानमार्फत प्रमाण जुटाई नतिजामुखी नीति निर्माण–प्रक्रियामा तत्काल हातेमालो गर्न दुबै संस्था प्रतिवद्ध भएका छन् ।

अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका तर्फबाट उपाध्यक्ष माननीय डा. विश्वनाथ पौडेल, सदस्यहरू माननीय प्रा. डा. सुरेन्द्र लाभ कर्ण,  माननीय सलोनी प्रधान सिंह, माननीय डा. राम कुमार फुयाल, सचिव श्री केवल प्रसाद भण्डारी,  सहसचिवद्वय डा. वाशुदेव शर्मा र डा. द्वारिका लुइँटेललगायत योजना र अनुगमन सम्बन्धी कर्मचारीहरूको सहभागिता थियो । त्यसैगरी, नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती, अनुसन्धान विभागका प्रमुख डा. दीपक कुमार खडका, बरिष्ठ अनुसन्धानकर्ताहरू डा. मुक्ति राम रिजाल, डा. हरि शर्मा नेउपाने, डा. कल्पना खनाल, कार्यालय प्रबन्धक श्री लक्ष्मण भट्टराई, सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख डा. मुकुन्द राज कट्टेल तथा पुस्तकालय व्यवस्थापन संयोजक श्री विमल चन्द्र शर्माको उपस्थिति थियो ।