वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व पुन्हि - १५
नीति अनुसन्धान प्रतिष्ठानले “स्वास्थ्य बीमाका समस्या र समाधानका उपायहरू” विषयक एक सार्वजनिक नीति संवादको आयोजना गर्यो जसमा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सार्वजनिक निकायहरू, अर्थ मन्त्रालय, सरकारी, सामुदायिक र निजी अस्पतालहरूका प्रतिनिधिहरू तथा विज्ञहरू गरी ३६ जनाको सहभागिता थियो ।
कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानको अध्ययन टोलीका तर्फबाट वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काको “स्वास्थ्य बीमा कार्यक्रमलाई दह्रोसँग उभिन किन र कसरी दिनुपर्छ?” भन्ने विषयमा एक पृष्ठभूमि प्रस्तुतिकरणपछि सहभागीहरूबिच त्यसैमा आधारित छलफल भई सबै सहभागीहरूले आ-आफ्ना राय सुझावहरू मौखिक र लिखित रूपमा समेत दिनुभएको थियो ।
स्वास्थ्य बीमा कार्यक्रममा औपचारिक क्षेत्रका कर्मचारीहरूको सहभागिता अनिवार्य गर्ने कानूनी व्यवस्था भए तापनि लागु नै नगरिएको अवस्था, समग्रमा सेवाग्राहीहरूको अपेक्षाकृत न्यून सहभागिता र प्रतिकूल छनोट, नैतिक जोखिम एवं बीमा कार्यक्रमलाई सामाजिक स्वास्थ्य सुरक्षाको रूपमा बुझ्न र सञ्चालन गर्नुपर्नेमा नाफामा आधारित व्यापारिक कार्यक्रमको रूपमा देख्ने भ्रमित दृष्टिकोण तथा तजबिजी वित्तीय अनुदान नै हालका समस्याहरू रहेका छलफलबाट पाइयो । साथै, यी कारणहरूले सेवाग्राहीले भोगिरहेका समस्याहरू तथा भुक्तानी बक्यौता ठुलो राशिमा रहेको कारणले स्वास्थ्य सेवा प्रदायकहरूले भोगिरहेको समस्याहरू लगायतका मुद्दाहरू यस संवादमा मुख्य रूपमा आए ।
मौजुदा नीतिगत/कानुनी व्यवस्थाको कार्यान्वयन, सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूको एकीकरण, स्वास्थ्य बीमा बोर्डको सबलीकरण, बीमा नीतिहरूको विविधीकरण र व्यवस्थापनको पूर्ण डिजिटलाइजेशनसहितका सुधारका बारेमा सहभागीहरूले सुझावहरू दिएका थिए । संवाद कार्यक्रमलाई अध्ययन टोलीका सदस्य एवं प्रतिष्ठानका सहअनुसन्धानकर्ता गोपाल आचार्यले सहजीकरण गर्नुभएको थियो ।
यस परिप्रेक्ष्यमा नीति अनुसन्धान प्रतिष्ठानले यस संवाद र थप परामर्शसहित बाह्य अध्ययनहरू र सम्बद्ध नीतिहरूको समीक्षा गरी स्वास्थ्य बीमा लगायत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको सुव्यवस्थाको लागि सिफारिससहितको अन्तिम प्रतिवेदन र नीति सङ्क्षेप तयार गरी सार्वजनिक गर्ने योजना बनाएको छ ।
कार्यक्रमका सहभागीहरू
विषय विज्ञ तथा सरोकारवालाहरू
१. श्री केदार बहादुर अधिकारी, पूर्वसचिव, नेपाल सरकार तथा पूर्व कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड
२. प्रा. डा. रमिला श्रेष्ठ, प्राध्यापक - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, तथा सदस्य, स्वास्थ्य बीमा बोर्ड
३. श्री युवराज घिमिरे, अनुगमन तथा मूल्याङ्कन सल्लाहकार, स्वास्थ्य बीमा बोर्ड
४. डा. कृष्ण प्रसाद पौडेल, कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड
५. डा. रुपक महर्जन, प्रहरी नायब महानिरीक्षक/अस्पताल निर्देशक, नेपाल एपिएफ अस्पताल
६. श्री अशिम पाठक, प्रमुख कार्यकारी अधिकृत, किस्ट मेडिकल कलेज
७. डा. आशिष थापा, प्रहरी नायब उपरीक्षक, नेपाल एपिएफ अस्पताल
८. डा. भावना घले, क्लिनिकल प्रशासक, त्रि.वि. शिक्षण अस्पताल
९. डा. अनिमेष कुँवर, रजिस्ट्रार, धुलिखेल अस्पताल
१०. श्री आर. एन. शर्मा, प्रमुख, मनमोहन प्राविधिक अस्पताल
११. श्री रबि ठाकुर, वित्त प्रबन्धक, नेपाल मेडिकल कलेज
१२. श्री छविरमण अधिकारी, निर्देशक, नागरिक लगानी कोष
१३. श्री ध्रुव प्रसाद तिवारी, वरिष्ठ प्रबन्धक, कर्मचारी संचय कोष
१४. डा. दिलीपराज पौडेल, वरिष्ठ प्रबन्धक, कर्मचारी संचय कोष
१५. डा. सबिना यास्मिन, प्रबन्ध निर्देशक, नेपाल मेडिकल कलेज
१६. श्री सी. ए. सरोज कुमार महतो, मुख्य वित्तीय अधिकृत, नेपाल मेडिकल कलेज
१७. श्री अर्चना थापा, प्रशासनिक प्रबन्धक, काठमाडौँ मेडिकल कलेज
१८. श्री जीवन अधिकारी, वरिष्ठ वित्त अधिकृत, काठमाडौँ मेडिकल कलेज
१९. डा. हरि बाँस्कोटा, महासचिव, फिप्मो
२०. श्री दीपक प्रसाद तिवारी, निर्देशक, स्वस्थ तालिम केन्द्र, बागमती प्रदेश
२१. श्री कौशल किशोर राय, सहसचिव, परराष्ट्र मन्त्रालय
२२. श्री सुजनराज मरासिनी, प्रबन्धक, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
२३. श्री भरत भट्टराई, कार्यकारी निर्देशक, जिल्ला समन्वय समिति महासंघ
२४. श्री दिपा शर्मा, कार्यक्रम संयोजक, गाउँपालिका राष्ट्रिय महासंघ
२५. श्री सुनिता सुबेदी, कार्यक्रम संयोजक, नेपाल नगरपालिका संघ
२६. डा. योगेन्द्र शाह, परामर्शदाता, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
२७. डा. नरेन्द्रराज पनेरु, उप-प्राध्यापक, सेरिड, त्रि. वि.
२८. डा. देवराज आचार्य, उप-प्राध्यापक, सेरिड, त्रि. वि.
२९. श्री राज कुमार पौडेल, जनस्वास्थ्य विज्ञ, प्रारम्भिक बाल विकास केन्द्र
३०. श्री गोविन्द राज आचार्य, उपसचिव, अर्थ मन्त्रालय
३१. डा. देवेन्द्र प्रसाद ज्ञवाली, NTL/TAS/OPH/GIZ, स्वास्थ्य बीमा बोर्ड
३२. श्री झलकराज जोशी, शाखा अधिकृत, स्वास्थ्य बीमा बोर्ड
३३. डा. पवन कुमार शाह, शाखा प्रमुख, स्वास्थ्य बीमा बोर्ड
३४. श्री बसन्त बहादुर बोहोरा, उपसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
३५. डा. राजेन्द्र बि.सी., परामर्शदाता, नीति अनुसन्धान प्रतिष्ठान
३६. श्री सबिता अर्याल, उपसचिव, रक्षा मन्त्रालय
नीति अनुसन्धान प्रतिष्ठान
१. प्रा. डा. लेखनाथ शर्मा, कार्यकारी अध्यक्ष
२. श्री लक्ष्मण प्रसाद भट्टराई, कार्यालय प्रवन्धक
३. डा. दीपक कुमार खड्का, अनुसन्धान विभाग प्रमुख
४. डा. मोहन कुमार शर्मा, वरिष्ठ अनुसन्धानकर्ता
५. डा. मुक्तिराम रिजाल, वरिष्ठ अनुसन्धानकर्ता
६. डा. गिरिराज शर्मा, अनुसन्धानकर्ता
७. श्री अशोक पाण्डे, अनुसन्धानकर्ता
८. श्री गोपाल आचार्य, सहअनुसन्धानकर्ता
९. डा. देजिना थापा, विश्लेषक
१०. श्री सुधिर श्रेष्ठ, विश्लेषक
११. श्री कुसुम ढुङ्गाना
१२. श्री सृष्टिका न्यौपाने
१३. श्री सुसन तामाङ