नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय परमाणु नीति, २०६४” को समीक्षात्मक अध्ययन अघि बढाएको सन्दर्भमा सो अध्ययनको लागि सरोकारवाला तथा विज्ञहरूसँग राय, सुझाव लिने, आवश्यक तथ्याङ्क सङ्कलन गर्ने तथा अध्ययनको प्रारम्भिक मस्यौदा उपर पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले प्रतिष्ठानको सभा हलमा “नेपालमा परमाणु प्रविधिको प्रयोग: समस्या, अवसर र नीति” विषयक सार्वजनिक नीति संवाद कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खानी तथा भूगर्भ विभाग लगायत अन्य सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । त्यसैगरी, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाली सेना, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल सेन्टर अफ न्यूक्लियर मेडिसिनका प्रतिनिधिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू लगायत अन्य अनुसन्धान र शिक्षण संस्थाका प्रतिनिधिहरू, विषय विज्ञहरू तथा प्रतिष्ठानका अनुसन्धाताहरूको उक्त संवादमा उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका विश्लेषक प्राञ्जल रिजालले गर्नुभएको थियो ।
कार्यक्रमको औपचारिक सुरुआत गर्दै र प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै सहभागी विज्ञहरूको राय, सुझावले प्रतिवेदनलाई सुदृढ र सबल बनाउन दिशानिर्देश गर्ने बताउनुभयो । साथै, महत्त्वपूर्ण समय प्रतिष्ठानलाई प्रदान गरी नीति संवादमा उपस्थित हुनुभएकोमा उहाँले सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो ।
मन्तव्यपश्चात् प्रतिष्ठानका अनुसन्धानकर्ता डा. सुवास अधिकारीले अध्ययनको प्रारम्भिक मस्यौदाबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले आफ्नो प्रस्तुतीकरणमा आणविक विज्ञानको पृष्ठभूमि, आणविक नीति, अनुसन्धान र विकासका लागि संलग्न अन्तर्राष्ट्रिय संस्थाहरू, परमाणु प्रविधिको उपयोगका क्षेत्रहरूबारे प्रकाश पार्नुभयो । यसका साथै, प्रस्तुतीकरणमा सुरक्षा, ऊर्जा, स्वास्थ्य, कृषि तथा वातावरण लगायत आणविक प्रविधिका आयामहरूसहित छिमेकी राष्ट्रहरूमा आणविक प्रविधिको अवस्थाको विषय पनि उजागर गर्नुभयो । उहाँको प्रस्तुतीकरणले नेपालको राष्ट्रिय परमाणु नीतिसँग सम्बन्धित नीति, ऐन, नियमावली र निर्देशिकासहितका नीतिगत प्रावधानहरू विस्तृत रूपमा समेटेको थियो । कार्यक्रममा प्रस्तुतीकरणपश्चात् छलफलको सत्र रहेको थियो र छलफलको मध्यस्थता प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले गर्नुभएको थियो ।
कार्यक्रमका सहभागीहरूले आफ्नो राय, सुझाव प्रस्तुत गर्ने क्रममा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले आणविक प्रविधिको प्रयोग आधुनिक स्वास्थ्य प्रविधिमा निकै महत्त्वपूर्ण रहेको भए तापनि नेपालमा नीतिगत जटिलताले गर्दा आणविक प्रविधिको नयाँ आविष्कारहरूको निर्यात र प्रयोगमा समस्या रहेको विषय प्रस्तुत गर्नुभयो । यसका साथै आणविक प्रविधि विश्वमा निकै अघि बढेको सन्दर्भमा नेपालमा सामान्य आणविक औषधिमा प्रयोग हुने साइक्लोट्रोनसम्म पनि उत्पादन गर्न नसक्नु एक गम्भीर समस्या रहेकाले नीतिगत रूपमा यी समस्याहरूको सम्बोधन हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
खानी तथा भूगर्भ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्लगायत आणविक प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने निकायका प्रतिनिधिहरूले नेपालको आणविक प्रविधि प्रयोग गर्न आवश्यक पूर्वाधार र दक्ष मानवस्रोतको अवस्था निकै कमजोर रहेको र यसको विकास एवम् विस्तार गर्न नीतिले सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।
यसका साथै नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले आणविक प्रविधिको शान्तिपूर्ण प्रयोग अहिलेको अवस्थामा धेरै क्षेत्रमा एकदमै महत्त्वपूर्ण रहेको तर यस प्रविधिको प्रयोग जोखिमयुक्त र जटिल रहेको हुनाले अब नीतिगत सुधार गर्दा क्षमता विकास, आणविक प्रविधिको सदुपयोग सँगसँगै प्रभावकारी अनुगमन र मूल्याङ्कनको पक्ष पनि समावेश हुनुपर्ने र यस विषयमा सम्बन्धित मन्त्रालयहरू गम्भीर रहेकोमा प्रष्ट पार्नुभयो ।
कार्यक्रमका सहभागीहरू
१. मोनिका झा (सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
२. शीला खतिवडा (उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
३. डा. सुमन श्रेष्ठ (न्यूक्लियर मेडिसिन विशेषज्ञ, नेपाल सेन्टर अफ न्यूक्लियर मेडिसिन प्रा. लि.)
४. मनोज थापा (स.ट, नं. १४ वाहिनी नेपाली सेना)
५. डा. कृष्ण बुढाथोकी (उपाध्यक्ष, नेपाल रेडियोलोजिस्ट एसोसिएशन)
६. रामचन्द्र सुवेदी (प्राविधिक, कुण्डलिनी डाइग्नोस्टिक सेन्टर प्रा.लि.)
७. डा. बुद्धराम शाह (वरिष्ठ वैज्ञानिक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान)
८. जयकुमार गुरुङ (अनुसन्धानकर्ता, नेपाल विकास अनुसन्धान प्रतिष्ठान)
९. विकास घिमिरे (वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल)
१०. राम कुमार दानी (नायब उपरीक्षक, नेपाल प्रहरी)
११. कुसुम पहाडी (सेनानी, नेपाली सेना)
१२. डा. अन्जन श्रेष्ठ (सहप्राध्यापक, हेमाटो-अन्कोलोजी विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल)
१३. कौशल किशोर राय (सहसचिव, परराष्ट्र मन्त्रालय)
१४. विद्यापति झा (वरिष्ठ मेडिकल फिजिसिस्ट, भक्तपुर क्यान्सर हस्पिटल)
१५. डा. उज्ज्वल चालिसे (कार्यकारी निर्देशक, भक्तपुर क्यान्सर हस्पिटल)
१६. डा. माधव प्रसाद आचार्य (वरिष्ठ वैज्ञानिक, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान)
१७. डा. डोज राज खनाल (वरिष्ठ वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्)
१८. प्रा. डा. देव बहादुर खड्का (प्राध्यापक, रसायनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालय)
१९. प्रकाश कुमार सुबेदी (कार्यकारी निर्देशक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान)
२०. नारायण बाँस्कोटा (सिनियर डिभिजनल जियोलोजिष्ट, खानी तथा भूगर्भ विभाग)
२१. डा. कन्चन प्रसाद अधिकारी (प्राध्यापक, मेडिकल फिजिक्स, वीर हस्पिटल)
२२. डा. भक्त बहादुर के. सी. (वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)
नीति अनुसन्धान प्रतिष्ठान
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
३. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. दिपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
९. डा. सुबास अधिकारी (अनुसन्धानकर्ता)
१०. डा. निरन्जन देवकोटा (अनुसन्धानकर्ता)
११. डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
१२. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१३. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१४. रीजा मानन्धर (सहअनुसन्धानकर्ता)
१५. प्रान्जल रिजाल (विश्लेषक)
१६. डा. देजिना थापा (विश्लेषक)
१७. सुधीर श्रेष्ठ (विश्लेषक)
१८. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
१९. गीता न्यौपाने (वरिष्ठ सहायक)
२०. पर्वत भट्टराई (वरिष्ठ सहायक)
२१. मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
२२. विजय कोइराला (इन्टर्न)
२३. धिरज भट्ट (इन्टर्न)
२४. सतिस सापकोटा (इन्टर्न)
२५. बलिहाङ लिम्बु (इन्टर्न)
२६. स्नेही रिजाल (इन्टर्न)
२७. आशिष भण्डारी (इन्टर्न)
यस कार्यक्रमको फोटोहरुका लागि कृपया यहाँ क्लिक गर्नु होला |