प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल कानून क्याम्पसबीच संस्थागत सहकार्यका लागि छलफल

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल कानून क्याम्पसबीच संस्थागत सहकार्यका लागि छलफल

नेपाल कानून क्याम्पसका क्याम्पस प्रमुख तथा सहप्राध्यापक डा. डी. एन. पराजुलीको नेतृत्वमा सहायक प्राध्यापक डा. बलराम प्रसाद राउत तथा सहायक प्राध्यापक श्री अपूर्व खातीवडासहितको टोलीले नीति अनुसन्धान प्रतिष्ठान (PRI) को कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीसँग भेटघाट गरेको छ।

भेटमा प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धान फेलो तथा ‘शासन र सार्वजनिक सेवा प्रवाह’ विषयगत क्लस्टरका संयोजक डा. मुक्तिराम रिजाल, कार्यालय प्रमुख श्री पुरुषोत्तम तिवारी र लेखा अधिकृत सुश्री प्रतिमा पाण्डे सहभागी हुनुहुन्थ्यो।

दुवै संस्थाका प्रतिनिधिहरूबीच अनुसन्धान सहकार्यका सम्भावित क्षेत्र तथा दीर्घकालीन संस्थागत सहकार्यका संयन्त्रबारे उपयोगी छलफल भएको छ।