प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

इन्जिनियरिङ अध्ययन संस्थान तथा नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

इन्जिनियरिङ अध्ययन संस्थान तथा नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुर तथा नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी, काठमाडौँबिच सार्वजनिक नीति, विकास, प्रविधि र अनुसन्धानका क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने उद्देश्यका साथ एक समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ l

आआफ्ना संस्थाहरूका नियमहरूको अधीनमा रही यो समझदारी पत्रअन्तर्गत पूर्वाधार विकास क्षेत्रका निम्न विधा र क्षेत्रमा यी दुई संस्थाले सहकार्य साझेदारी गर्ने छन्: सार्वजनिक नीतिसम्बन्धी सान्दर्भिक अनुसन्धानहरू; पूर्वाधार विकास क्षेत्रसम्बन्धी नीतिहरूमा प्राज्ञिक संवाद; पूर्वाधार विकाससम्बन्धी अनुसन्धान, प्रकाशन, प्रसार र जनपहुँच; वैज्ञानिक सभा सम्मेलन; संस्थागत अनुसन्धानको क्षमता विकास; पूर्वाधार विकास क्षेत्रको अनुसन्धान-सूचना, तथ्याङ्क, पुस्तकालय तथा बौद्धिक सम्पत्तिको परस्पर र सार्वजनिक उपयोगिताका लागि आदानप्रदान; पूर्वाधार विकास क्षेत्रको अनुसन्धान गुणस्तर, मानक र आचारसंहिताको संवर्द्धन; पूर्वाधार विकास क्षेत्रको प्राज्ञिक अनुसन्धान र नीति अनुसन्धानको संयोजन र नवप्रवर्तन र पूर्वाधार विकास क्षेत्रका राष्ट्रिय महत्त्वका अन्य कार्यहरू l

आवश्यकता अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका अनुसन्धान केन्द्र र आङ्गिक क्याम्पससँग छुट्टै सम्झौता, लिखित सहमति वा पत्राचार गरी पूर्वाधार विकास क्षेत्रका सहकार्यहरू सञ्चालन गर्न पनि दुवै पक्ष सहमत भएका छन् ।

हाललाई पाँच वर्षका लागि मान्य हुने उक्त समझदारी पत्रमा नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थानका तर्फबाट प्राध्यापक डा शशिधर राम जोशीले हस्ताक्षर गर्नु भएको छ l