प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

निर्वाचन प्रणाली सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न

निर्वाचन प्रणाली सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न

२०७९ माघ २६ गते नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगको संयुक्त आयोजनामा नेपालको निर्वाचन प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय अन्तरक्रियाको आयोजना गरियो l “नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार” सम्बन्धी नीति अनुसन्धान प्रतिष्ठान तथा निर्वाचन आयोगले गरिरहेको संयुक्त अनुसन्धानका प्रारम्भिक नतिजामाथि छलफल गर्ने अभिप्रायका साथ आयोजित उक्त अन्तरक्रियाको सभापतित्व प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश थपलियाज्यूले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा मुक्ति रिजालले गर्नुभएको थियो  l  उक्त कार्यक्रमको प्रमुख आतिथ्य सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले गर्नुभएको थियो l  पूर्व प्रधानमन्त्री द्वय माननीय माधव कुमार नेपाल तथा झलनाथ खनाल विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो l

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णु राज उप्रेतीले अनुसन्धानको प्रारम्भिक नतिजा प्रस्तुत गरी अन्तरक्रियाका लागि पृष्ठभूमि तयार गर्नुभएको थियो l अन्तरक्रियामा भाग लिँदै नेपाली काङ्ग्रेसकी नेत्री तथा सांसद माननीय पुष्पा भुसाल, नेकपा (एमाले) का नेता श्री रमेश बडाल, नेकपा (माओवादी) का नेता श्री लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद माननीय चित्र बहादुर केसी, रास्वपाका नेता तथा सांसद माननीय गणेश पराजुली, राप्रपाका नेता श्री झनक प्याकुरेल,  जसपाका नेता तथा सांसद माननीय प्रकाश अधिकारी, लोसपाका नेता केशव झा, नेमकिपाका नेता तथा सांसद माननीय प्रेम सुवाल, जनमत पार्टीका नेता श्री सुरेन्द्र नारायण यादव, नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसद गङ्गाराम चौधरी, नेकपा (एकीकृत समाजवादी) का राम कुमार भट्टराई, हाम्रो नेपाली पार्टीका नेता श्री डिल्लीश्वर कार्की तथा सङ्घीय समाजवादी पार्टीका नेता श्री जनक कार्कीले उक्त अनुसन्धानसम्बन्धी आ-आफ्नो पार्टीको तर्फबाट धारणा र सुझाव व्यक्त गर्नु भएको थियो l  

अन्तरक्रियाको अन्तमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिले अन्तरक्रियाको विषयसम्बन्धी विशेष मन्तव्य राख्नु भएको थियो l