प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

नीति अनुसन्धान प्रतिष्ठान तथा नेपाल वाच मल्टिमिडिया प्रा.लि. बिच सार्वजनिक नीति संवाद कार्यक्रम सञ्चालनको लागि समझदारीपत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान तथा नेपाल वाच मल्टिमिडिया प्रा.लि. बिच सार्वजनिक नीति संवाद कार्यक्रम सञ्चालनको लागि समझदारीपत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक नीति विषयमा जनचेतना अभिवृद्धि, निस्पक्ष प्राज्ञिक बहस र सरोकारवालाहरूको सहभागिता प्रबर्द्धन गर्ने कार्यमा सहयोग गर्ने हेतुले नेपाल वाच मल्टिमिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम नीति संवादलाई प्रोत्साहन र सहयोग गर्दै आएकोमा त्यस्तो प्रोत्साहन र सहयोग जारी राख्न एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ । हाल नीति अनुसन्धान प्रतिष्ठानले सो नीति संवाद कार्यक्रमलाई प्राज्ञिक सहयोग मात्र उपलब्ध गराउनेछ ।
नीति संवाद कार्यक्रम नीति अनुसन्धान, नीति तर्जुमा र नीति कार्यान्वयन जस्ता नीति चक्रका सबै चरणहरू सँग सम्बन्धित मामिलाहरूमा निस्पक्ष प्राज्ञिक बहसको लागि हुनुपर्ने, विषयगत र सहभागितागत विविधता हुनुपर्ने, र उत्पादित सामग्रीलाई दुवै पक्षहरूले नीति अनुसन्धान र ज्ञान सम्प्रेषण प्रयोजनको लागि प्रयोग गर्न सक्ने लगायतका शर्तहरूका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल वाच मल्टिमिडियाले हाल विविध क्षेत्रका सार्वजनिक नीतिका विभिन्न पाटामा विषयविज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने नीति संवाद टेलिभिजन कार्यक्रम साप्ताहिक रूपमा एपीवन टेलिभिजन र युट्यबमा प्रसारण गर्दै आएको छ ।

हस्ताक्षर समारोहमा उपस्थिति
नेपालवाच मल्टिमिडिया
१. पुष्प ढुंगाना
२. कञ्चन न्यौपाने
३. कपिल मणि काफ्ले

नीति अनुसन्धान प्रतिष्ठान
१. लक्ष्मण प्रसाद भट्टराई
२. डा. हरि शर्मा न्यौपाने
३. डा. दीपक कुमार खड्का
४. डा. खग नाथ अधिकारी
५. बिमल चन्द्र शर्मा