प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठान बिच बैठक सम्पन्न

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठान बिच बैठक सम्पन्न

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठानबीच ९ साउन २०७७ मा सम्पन्न बैठकले विज्ञान, प्रविधि र नवीन वैज्ञानिक ज्ञानको क्षेत्रमा सहकार्यका सम्भावित क्षेत्रहरूका बारेमा छलफल भयो । दुवै प्रतिष्ठानहरू समझदारीपत्रमा हस्ताक्षर गरी उपयुक्त मुद्दाहरूको पहिचान र सहकार्य गर्न सहमत भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका तर्फबाट कुलपति डा. सुनीलबाबु श्रेष्ठ, वरिष्ठ वैज्ञानिक डा. सुरेशकुमार ढुंगेल र वरिष्ठ वैज्ञानिक डा. लोकरञ्जन भट्ट सहभागी हुनुहुन्थ्यो । नीति अनुसन्धान प्रतिष्ठानकातर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती, अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खडका, वरिष्ठ अनुसन्धानकर्ता एवम् शासकीय प्रबन्ध तथा सेवाप्रवाह समूहका संयोजक डा. मुक्तिराम रिजाल, कार्यालय प्रबन्धक पुरुषोत्तम तिवारी र सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. मुकुन्द कट्टेलको उपस्थिति रहेको थियो ।