logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

देश बाहिरबाट र निर्वाचन क्षेत्र बाहिरबाट मतदान गर्ने व्यवस्था सम्बन्धमा सार्वजनिक नीति संवाद

देश बाहिरबाट र निर्वाचन क्षेत्र बाहिरबाट मतदान गर्ने व्यवस्था सम्बन्धमा सार्वजनिक नीति संवाद

देश बाहिरबाट र निर्वाचन क्षेत्र बाहिरबाट मतदान गर्ने व्यवस्था सम्बन्धमा सार्वजनिक नीति संवाद


 

२०८२ कार्तिक २३

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले सम्पन्न गरेको “विदेशमा रहेका नेपाली नागरिक तथा निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मतदान गर्न दिने व्यवस्था” सम्बन्धी द्रुत अध्ययनको प्रारम्भिक नतिजाहरूको प्रस्तुतीकरण र छलफलको लागि निर्वाचन सम्बद्ध विभिन्न निकायहरू र दूर मतदान विधि तथा सुरक्षा सम्बन्धी विज्ञ र सरोकारवाला सङ्गठनहरूका प्रतिनिधिहरूको सहभागितामा एक सार्वजनिक नीति संवाद कार्यक्रमको आयोजना भएको थियो।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा प्रवक्ता डा. दीपक कुमार खड्काले अध्ययनको सारांशमा आधारित एक प्रस्तुतीकरण दिनुभएको थियो । प्रस्तुतीकरणपछि भएको छलफललाई प्रतिष्ठानका सह-अनुसन्धानकर्ता श्री गोपाल आचार्यले सञ्चालन गर्नुभएको थियो। छलफलमा सहभागीहरूले मौखिक एवं लिखित रूपमा समेत टिप्पणी र सुझावहरू दिनुभएको थियो। नीति अनुसन्धान प्रतिष्ठानले यी सुझावहरू समेतको आधारमा अन्तिम प्रतिवेदन तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष पेश गर्नेछ ।

सहभागीहरू

नीलकण्ठ उप्रेती (पूर्व प्रमुख निर्वाचन आयुक्त)     
दोलखबहादुर गुरुङ (पूर्व प्रमुख निर्वाचन आयुक्त)
ऋषिराम भुसाल (उपसचिव, निर्वाचन आयोग, नेपाल)
प्रा. डा. योगेन्द्र बहादुर गुरुङ (प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
प्रा. डा. सुदन झा (प्राध्यापक, सूचना प्रविधि केन्द्र, काठमाडौँ विश्वविद्यालय)
डा. ऋतुराज लम्साल (सह-प्राध्यापक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय)
डा. चन्द्रकान्त ज्ञवाली (वरिष्ठ अधिवक्ता, नेपाल बार एसोसिएसन)  
उमा प्रसाद चतुर्वेदी (अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरी)AIG
दीपक राज अवस्थी (प्रहरी उपरीक्षक, प्रहरी प्रधान कार्यालय साइ‌बर ब्यूरो)
कृष्ण कुमार सुवेदी (उपसचिव, परराष्ट्र मन्त्रालय)
प्रमिला आचार्य (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
अम्बिका राई (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
कपिल धिताल (तथ्याङ्क अधिकृत, राष्ट्रिय तथ्याङ्क कार्यालय)
रचना कर्ण (कम्प्युटर इन्जिनियर, सूचना प्रविधि विभाग) 
अंजली केशरी  (कम्प्युटर इन्जिनियर, सूचना प्रविधि विभाग)
कपिला श्रेष्ठ थैब (कम्प्युटर इन्जिनियर, सूचना प्रविधि विभाग)
ध्रुवराज आचार्य (सीआई, हुलाक प्रशिक्षण केन्द्र)
गणेश गौतम (प्रशिक्षक, हुलाक प्रशिक्षण केन्द्र)
सूर्यवती खनाल (प्रशिक्षक, हुलाक प्रशिक्षण केन्द्र)
ढाल बहादुर जि.सी. (प्रमुख हुलाक अधिकृत, गोश्वारा हुलाक कार्यालय) सुनिता श्रेष्ठ (शाखा अधिकृत, गोश्वारा हुलाक कार्यालय)
शीतल सिंह उखेडा (शाखा अधिकृत, गोश्वारा हुलाक कार्यालय) 
देशनिधि लोहनी (खरिदार, गोश्वारा हुलाक कार्यालय)
यशोदा अर्याल (शाखा अधिकृत, हुलाक सेवा विभाग)
डा. बद्री के. सी. (अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ)
रोजिना प्रधान राई (उपाध्यक्ष, गैरआवासीय नेपाली सङ्घ)
इन्द्र लक्ष्मी घिमिरे (वरिष्ठ अधिकृत, गैरआवासीय नेपाली संघ)
विनोद भट्टराई  (अध्यक्ष, रिटर्नी नेटवर्क नेपाल)
कुल प्रसाद कार्की (सल्लाहकार, प्रवासी नेपाली समन्वय समिति)
अरुण सिंह नेपाली (जेन-जी मुभमेन्ट अलाएन्स)
हेम नारायण दास चौधरी (जेन-जी मुभमेन्ट अलाएन्स)
सागर ढकाल (इन्जिनियर)
डा. खगेन्द्र ढकाल (अध्यक्ष, नेपाल पोलिसी इन्स्टिच्युट)
भुपाल ढकाल (सल्लाहकार, नेपाल पोलिसी इन्स्टिच्युट) 
देशबन्धु अधिकारी (निर्वाचन विज्ञ)
आकाश श्रेष्ठ (निर्देशक, समृद्धि फाउन्डेसन)
सार्थक भट्टराई (सचिवालय, गृह मन्त्रालय)   
निराजन पराजुली (नेटवर्क एण्ड सिस्टम प्रशासक, एनआरइएन)
अमन पन्त (वरिष्ठ अनुसन्धान फेलो, नेपाल इकोनोमिक फोरम)
तेजेन्द्र गिरी (कानून व्यवसायी)
ध्रुव सिम्खडा (हिमाल खबर)