NOTICE | INFORMATION

इन्टर्नसिप (कानुनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्र) करार का लागि आवेदनको आह्वान

नीति अनुसन्धान प्रतिष्ठान

नारायणहिटी काठमाण्डौ

इन्टर्नसिप (कानुनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्र) करार का लागि आवेदनको आह्वान

२०७८ फाल्गुन १०

नीति अनुसन्धान प्रतिष्ठान नेपाल सरकारद्वारा विशेषज्ञ समूह (थिङ्क-ट्याङ्क) को रूपमा स्थापित अनुसन्धान संस्था हो । कुनै खास विषयमा राष्ट्रले अख्तियार गर्नु पर्ने दीर्घकालीन, अल्पकालीन या तत्कालीन नीति सम्बन्धी अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई सुझाव दिनु र नेपाल सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको मस्यौदा गरी सम्बन्धित मन्त्रालयमा पठाउने तथा सार्वजनिक नीतिहरूको समीक्षा गरी प्रभावकारी नदेखिएका नीतिहरूको सुधारका लागि या नयाँ नीति निर्माणका लागि तथ्य-प्रमाणमा आधारित सिफारिस गर्नु प्रतिष्ठानको काम हो ।

सार्वजनिक नीतिका सबै विषयगत क्षेत्रमा अध्ययन गर्नको लागि प्रतिष्ठानमा ५ क्षेत्रगत अध्ययन केन्द्रहरू रहेका छन्। यी केन्द्रहरूमध्ये कानुनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्रले नेपालको  कानुनी तथा सामाजिक विषेश गरी कानुनी व्यवस्था, शिक्षा, स्वास्थ्य  र समाज कल्याण तथा सामाजिक सुरक्षा क्षेत्रका सार्वजनिक नीतिहरूलाई अध्ययन, अनुसन्धान, संवाद र प्रसारद्वारा सबलीकरण गर्ने उद्देश्य राखेको छ। यस केन्द्र अन्तर्गत  ४ एकाइहरू रहेका छन् – १) कानुनी मामिला एकाइ, २) शिक्षा नीति एकाइ, ३) स्वास्थ्य नीति एकाइ,  र  ४) समाज कल्याण तथा सामाजिक सुरक्षा एकाइ

कानुनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्रले सञ्चालन गरिरहेका विभिन्न अनुसन्धान परियोजनाहरूमध्ये हाललाई लोक कल्याणकारी तथा सामाजिक सुरक्षा नीतिको सुधार तथा प्रभावकारी कार्यान्वयनका लागि महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूका वर्तमान समस्या पहिचान सम्बन्धी अध्ययन परियोजना तथा अन्य नीति समिक्षा सम्बन्धी परियोजनाहरूमा शोधकृति समीक्षा, तथ्याङ्क सङ्कलन, प्रतिवेदन लेखन लगायतका कार्यहरूमा सहयोग गर्नको लागि एक इन्टर्नको आवश्यकता भएकोले योग्य र इच्छुक व्यक्तिबाट प्रतिष्ठानमा इन्टर्नको रूपमा काम गर्न इच्छा गर्नुको कारण सहितको निवेदन र वैयक्तिक विवरण (CV) समेत संलग्न गरी दरखास्तको लागि आह्वान गरिएको छ।

  • अवधि: २०७९ अषाढ मसान्तसम्म आवश्यक परेमा अवधी थप गर्न सकिने छ (१ महिनाको परीक्षणकाल)।
  • कार्य समय: पूर्णकालीन
  • पारिश्रमिक: रू. ३०,०००।– (तीस हजार) प्रति महिना।
  • उम्मेदवारको योग्यता र सीप:
  • न्यूनतम – सामाजिक शास्त्र (Social Sciences) वा सो संग सम्वन्धित विषयमा स्नातकोत्तर तहमा अध्ययनरत वा उत्तीर्ण।
  • वाञ्छनीय – शोधप्रबन्ध, अनुसन्धान सहयोग अनुभव, शोधप्रकाशन, नेपाली र अङ्ग्रेजी भाषामा प्रवीण, Word, PowerPoint, Excel को प्रयोगमा दक्षता ।
  • छनोट विधि: व्यक्तिगत निबन्ध, शैक्षिक उपलब्धि र अनुसन्धान अनुभवको आधारमा प्रारम्भिक छनोट (shortlist) गरिने र त्यसपछि नेपाली र अङ्ग्रेजी भाषा तथा अफिस एप्लिकेशन्सका प्रयोग दक्षताको प्रयोगात्मक परीक्षण र अन्तर्वार्ताद्वारा अन्तिम छनोट गरिने ।
  • दरखास्त बुझाउने तरीका: इमेल (applications@pri.gov.np) मार्फत् वा प्रतिष्ठानको कार्यालयमा ।
  • दरखास्त बुझाइसक्नुपर्ने: २०७८ फाल्गुन २० गते शुक्रबार ।
  • थप जानकारीको लागी: प्रतिष्ठानको वेबसाइट (www.pri.gov.np) वा कार्यालय समय भित्र सम्पर्क गर्न सकिन्छ l

द्रष्टव्य:

छनोट प्रक्रियालाई अवाञ्छित प्रभाव पार्ने कुनै पनि कार्य गर्ने दरखास्तवालाको दरखास्त रद्द गरिनेछ ।