विज्ञहरू | प्रोफाइल

श्री गङ्गादत्त अवस्थी
Biography

श्री गंगादत्त अवस्थीसँग सरकारी सेवाको विभिन्न पदमा रही ४० वर्ष भन्दा बढिको कार्यानुभव रहेको छ । अवकाश पश्चात उहाँ स्वतन्त्र परामर्शदाताको रूपमा काम गर्दै आउनुभएको छ । श्री अवस्थीले संघीयता, नेपालको स्थानीय तहसमेतको सुशासन र योजना तर्जुमा, स्थानीय राजश्व परिचालन, संगठन तथा व्यवस्थापन, अनुगमन तथा मुल्यांकन लगायतका क्षेत्रहरूमा अध्ययन अध्यापन गर्नुका साथै स्थानीय तहका लागि आवश्यक निर्देशिका र हातेपुस्तिकाहरू निर्माणमा योगदान गर्नु भएको छ । साथै, उहाँले आफ्नो विज्ञता भएको क्षेत्रमा सरकारी र गैर-सरकारी सरोकारवालाहरूलाई तालिम दिदैं पनि आउनुभएको छ ।