हाम्रो समूह | प्रोफाइल

डा. दीपक कुमार खडका
वरिष्ठ अनुसन्धान कर्ता तथा विभाग प्रमुख
Biography

डा. दीपक कुमार खडका नीति अनुसन्धान प्रतिष्ठानमा वरिष्ठ नीति अनुसन्धानकर्ता हुनुहुन्छ । वहाँले प्रतिष्ठानको सूचना तथा ज्ञान व्यवस्थापन विभागको तथा प्राकृतिक स्रोत र प्रविधि नीति अध्ययन केन्द्रको प्रमुखको रूपमा सेवा गरिरहनुभएको छ । इजरायलको बेन-गुरिओन विश्वविद्यालयबाट जीवविज्ञानमा विद्यावारिधि गर्नुभएको वहाँसँग कृषि जैविक प्रविधि, जैविक विविधता, जीवविकास विज्ञान, बायोटेक्नोलोजीको अनुसन्धान र विकास; उच्च शिक्षा क्षेत्रमा अनुसन्धान कार्यक्रमको गुणस्तर सुनिश्चितता; विज्ञान र प्रविधि, नवप्रवर्तन, कृषि, स्वास्थ्य, कानून र शासनप्रबन्धमा नीति अनुसन्धानहरू का क्षेत्रमा गरी अठार वर्षको अनुसन्धान तथा व्यवस्थापनको अनुभव छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय विज्ञ-समीक्षित शोधपत्रिकामा प्रकाशित दर्जन भन्दा बढी शोधलेखहरू र नीति अनुसन्धान प्रतिष्ठानबाट प्रकाशित शोध प्रतिवेदनहरू वहाँको प्राज्ञिक योगदानको रूपमा रहेका छन् ।