प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

महत्त्वपूर्ण सूचना

logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९

हाम्रा सेवाहरू

समितिको काम कर्तब्य र अधिकार
(क) विशेषज्ञ समूह (थिङ्क ट्याक) समूहको रुपमा काम गर्ने
,

(ख) नेपालले अख्तियार गर्नुपर्ने विभिन्न सम्बन्धमा अध्ययन र नीतिका अनुसन्धान गर्ने,

(ग) मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा रणनीतिका सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने,

(घ) नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने,

(ङ) मुलुकमा आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनु पर्ने नीति र उपायका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,

(च) निजामती वा सार्वजनिक सेवालाई बढी प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन त्यस्तो सेवामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,

(छ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, राजस्व तथा सार्वजनिक सम्पत्तिको हिनामिना वा नोक्सानी तथा स्वार्थ वाझिने कार्य (कन्फिल्क्ट अफ ईन्टेरेष्ट) जस्ता विषयको निवारण एवं नागरिक बडापत्रको कार्यान्वयन वा पेशागत आचरणको पालनामा प्रभावकारिता ल्याउन नेपाल सरकारले अपनाउनु पर्ने नीतिगत, कानूनी र संस्थागत सुधारको सम्बन्धमा सिफारिस गर्ने,

(ज) सार्वजनिक प्रशासन, विकास प्रशासन, वातावरण संरक्षण, शासकीय सुधार, गरिबी निवारण तथा नेपाल सरकारले अपनाएका विभिन्न क्षेत्रगत नीति र प्रशासनको पर्यवेक्षण (अब्जरभेशन) गर्ने र त्यस्ता विषयमा अध्ययन तथा अनुसन्धान गरी त्यसमा देखिएका कमी, कमजोरीलाई पहिचान गरी सुधारको नीति तथा उपायहरुको प्रस्ताव सहित सुझाव दिने,

(झ) सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी नेपाल कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको मस्यौदा गरी कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा पठाउने,

(ञ) समितिको कार्य सम्पादन गर्न आवश्यकता अनुसार विशेषज्ञहरुको सूची तयार गर्ने,

(ट) आवश्यकता अनुसार उपर्युक्त विषयमा गोष्ठी, कार्यशाला, प्रवचन जस्ता कार्यक्रम सञ्चालन गर्ने,

() समितिको वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत गर्ने,

(ड) प्रतिष्ठानको उद्देश्यसँग सम्बन्धित विषयमा अनुसन्धानात्मक प्रतिवेदन, पुस्तक तथा पत्रिका प्रकाशन गर्ने,

(ढ) मुलुकका विभिन्न विश्वविद्यालय, अध्ययन संस्थान तथा समान उद्देश्य भएका स्वदेशी तथा विदेशी संघ, संस्था वा विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संस्थासँग सम्पर्क राख्ने तथा सहकार्य गर्ने ।