नेपाल सरकारका लागि आवश्यक सुसूचित, सुविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उद्देश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवाप्रवाह क्षेत्रका मौजुदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उद्देश्य रहेको छ । बहुविषयलाई समेट्ने यस नीतिअध्ययन केन्द्रका क्रियाकलापहरू यसका क्षेत्र अन्तर्गत समेटिने व्यापक विषयका नीति अनुसन्धान र संवादमा केन्द्रित रहन्छन् । आम नागरिकहरू सार्वजनिक नीति प्रक्रियाको केन्द्रमा रहनु पर्दछ भन्ने मान्यतामा आधारित भई यस केन्द्रले कार्य गर्दछ ।

मुख्य कार्य क्षेत्रहरू

क) शासकीय प्रबन्ध,

ख) सार्वजनिक सेवाप्रवाह,

ग) सङ्घीय मामिला,

घ) कानुनी मामिला,

ङ) सार्वजनिक संस्थाहरू,

च) शिक्षा, स्वास्थ्य, समाज कल्याण तथा सामाजिक सुरक्षा


null

क्र.सं. अनुसन्धान परियोजनाको शीर्षक सहकार्य गर्ने संस्था (यदि भएमा) प्रमुख अनुसन्धानकर्ता/सह-अनुसन्धानकर्ता परियोजना सम्पन्न भएको वर्ष परियोजनाको स्थिति प्रकाशनको प्रकार
१. Policymaking on Governance and Service Delivery in Nepal Leela Mani Paudyal 2021 Download Perspective Paper
२. Study on electoral system reform Nepal Law Campus, Tribhuvan University Ongoing Research Report
३. Assessment of services delivered by district administration offices and district police office Nepal Law Campus,
Tribhuvan University
Ongoing Research Report
४. नेपालमा विधुतीय मतदान प्रणालीको प्रयोग Madhu Prasad Regmi (PI) Deshbandhu Adhikari (Co-PI) 2021 Download Research Report