नेपाल सरकारका लागि आवश्यक सुसूचित, सुविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उद्देश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवाप्रवाह क्षेत्रका मौजुदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उद्देश्य रहेको छ । बहुविषयलाई समेट्ने यस नीतिअध्ययन केन्द्रका क्रियाकलापहरू यसका क्षेत्र अन्तर्गत समेटिने व्यापक विषयका नीति अनुसन्धान र संवादमा केन्द्रित रहन्छन् । आम नागरिकहरू सार्वजनिक नीति प्रक्रियाको केन्द्रमा रहनु पर्दछ भन्ने मान्यतामा आधारित भई यस केन्द्रले कार्य गर्दछ ।
मुख्य कार्य क्षेत्रहरू
क) शासकीय प्रबन्ध,
ख) सार्वजनिक सेवाप्रवाह,
ग) सङ्घीय मामिला,
घ) कानुनी मामिला,
ङ) सार्वजनिक संस्थाहरू,
च) शिक्षा, स्वास्थ्य, समाज कल्याण तथा सामाजिक सुरक्षा
S.No. |
Title of Project |
Name of Collaborator (if any) |
Name of PI/Co-PI |
Year of Completion |
Project |
Publication Type |
१. | Policymaking on Governance and Service Delivery in Nepal | Leela Mani Paudyal | 2021 | Download | Perspective Paper | |
२. | Study on electoral system reform | Nepal Law Campus, Tribhuvan University | Ongoing | Research Report | ||
३. | Assessment of services delivered by district administration offices and district police office | Nepal Law Campus, Tribhuvan University |
Ongoing | Research Report | ||
४. | नेपालमा विधुतीय मतदान प्रणालीको प्रयोग | Madhu Prasad Regmi (PI) Deshbandhu Adhikari (Co-PI) | 2021 | Download | Research Report |