राष्ट्रिय आर्थिक गणना २०८२
नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका सदस्यहरू र कर्मचारीबिच २०८२ असार १ गते परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
नीति अनुसन्धान प्रतिष्ठान (गठन) आदेश २०७५ बमोजिम गठित प्रतिष्ठानमा अनुसन्धान समूहमा २२ र अन्य गरी ३५ जनाको दरबन्दी रहेकामा केही समयदेखि विभिन्न पदहरू रिक्त रही पछिल्लो समयमा ती सबै रिक्त पदहरूमा नियुक्ति भएको सन्दर्भमा उक्त अन्तरक्रिया गरिएको थियो । प्रतिष्ठानले दुई चरणमा गरी १ जना वरिष्ठ अनुसन्धानकर्ता, ५ जना अनुसन्धानकर्ता, ४ जना सहअनुसन्धानकर्ता, ३ जना विश्लेषक, ३ जना वरिष्ठ सहायक लगायत वार्षिक रूपमा संचालन गरिने इन्टर्नसिप कार्यक्रम अन्तर्गत ९ जना इन्टर्नहरूको नियुक्ति गरी सम्पूर्ण पदहरू पूर्ति गरेको छ ।
प्रतिष्ठानका कार्यालय प्रबन्धक तथा बोर्ड सदस्य सचिव श्री लक्ष्मण प्रसाद भट्टराईले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका नवनियुक्त अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूले शैक्षिक पृष्ठभूमि, अनुसन्धान रुचिबारे जानकारी दिई सुम्पिएको जिम्मेवारीप्रति आफ्ना प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
परिचय पश्चात्, व्यवस्थापन विभागका प्रमुख तथा कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराई, अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपाने र सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. मोहन कुमार शर्माले आफ्ना विभाग अन्तर्गत भएका कार्यहरूमा आधारित भई प्रस्तुतीकरण दिनु भएको थियो ।
विभागीय प्रस्तुति तथा परिचयमा आधारित भई बोर्ड सदस्यज्यूहरूले आफ्ना राय प्रकट गर्नुभएको थियो ।
बोर्ड सदस्य डा. श्यामु थापा मगरले विभिन्न विधामा विशिष्टता हासिल गर्नुभएका अनुसन्धानकर्ताहरू छनोट भई आएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा प्रतिष्ठानप्रति उहाँहरू जिम्मेवार रहनुहुने अपेक्षा व्यक्त गर्नुभयो । यसैगरी, बोर्ड सदस्य डा. इन्द्र कुमारी अधिकारी संस्थाले गर्ने अनुसन्धानका कार्यहरूको सान्दर्भिकता, गुणस्तर र औचित्य स्थापित गर्दै प्रमाणमा आधारित नीति सिफारिस गर्न सबै तत्पर रहनुपर्ने उल्लेख गर्नुभयो । साथै, बोर्ड सदस्य डा. पुष्पराज राजकर्णिकारले नेपालमै केही गर्छु भन्ने दृढ अठोटका साथ नीति अनुसन्धानका क्षेत्रमा प्रवेश गर्नुभएका प्राज्ञिक व्यक्तिहरूमा समस्या तथा अभावको स्थितिमा पनि उत्कृष्ट योगदान गर्ने सामर्थ्य रहने विश्वास प्रकट गर्नुभयो ।
कार्यक्रमको समापनमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले प्रतिष्ठानप्रति रहेका अपेक्षा र प्रतिष्ठान परिवारले व्यक्त गरेका प्रतिबद्धताबिच सामञ्जस्य कायम गर्दै नीति अनुसन्धानका कार्यमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सम्पूर्ण कर्मचारीहरूबाट यथोचित योगदान प्राप्त हुने आशा व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।
उपस्थित सहभागीहरू
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. डा. पुष्पराज राजकर्णिकार (बोर्ड सदस्य)
३. डा. श्यामु थापा मगर (बोर्ड सदस्य)
४. डा. इन्द्र कुमारी अधिकारी (बोर्ड सदस्य)
५. लक्ष्मण प्रसाद भट्टराई (बोर्ड सदस्य सचिव)
६. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. खग नाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
९. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
१०. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
११. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
१२. डा. गिरिराज शर्मा (अनुसन्धानकर्ता)
१३. अशोक पाण्डे (अनुसन्धानकर्ता)
१४. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
१५. डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
१६. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
१७. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१८. डा. झम कुमार विश्वकर्मा (सह–अनुसन्धानकर्ता)
१९. डा. मनिता कुसी (सह–अनुसन्धानकर्ता)
२०. डा. महेश्वर गिरी (सह–अनुसन्धानकर्ता)
२१. डा. प्रभात राज दाहाल (सह–अनुसन्धानकर्ता)
२२. गोपाल आचार्य (सह–अनुसन्धानकर्ता)
२३. दिपेन्द्र प्रसाद पन्त (सह–अनुसन्धानकर्ता)
२४. रिजा मानन्धर (विश्लेषक)
२५. सोनिया बश्याल (विश्लेषक)
२६. डा. देजिना थापा (विश्लेषक)
२७. प्राञ्जल रिजाल (विश्लेषक)
२८. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
२९. सञ्जु कुमारी सर्वरिया (वरिष्ठ सहायक)
३०. सुबिन उलाक (ग्राफिक डिजाइनर)
३१. पर्वत भट्टराई (वरिष्ठ सहायक)
३२. गीता न्यौपाने (वरिष्ठ सहायक)
३३. मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
३४. आयुष्का के.सी. (इन्टर्न)
३५. आशीष भण्डारी (इन्टर्न)
३६. कुमारी अलिका (इन्टर्न)
३७. धीरज भट्ट (इन्टर्न)
३८. जुना श्रेष्ठ (इन्टर्न)
३९. विजय कोइराला (इन्टर्न)
४०. बलिहाङ लिम्बु (इन्टर्न)
४१. स्नेही रिजाल (इन्टर्न)
४२. सतीश सापकोटा (इन्टर्न)
यस कार्यक्रमका फोटोहरूका लागि यहाँ क्लिक गर्नु होला