नीति अनुसन्धान प्रतिष्ठानले “नेपालमा राइड सेयरिङ: नीतिगत व्यवस्था, चुनौती र अगामी बाटो” विषयक सार्वजनिक नीति संवाद आयोजना गर्यो । विभिन्न समसामयिक विषयहरूमा नीति अध्ययन र पैरवी गर्नुपर्ने अवस्था भएमा प्रतिष्ठानले सोको पहिचान गरी विविध क्षेत्रका सरोकारवालाहरूलाई एकै स्थानमा बोलाई अर्थपूर्ण छलफल गर्ने गरेको र राइड सेयरिङ विषयमा प्रतिष्ठानले नीति सङ्क्षेप तयार गर्न लागेको सन्दर्भमा सरोकारवालाहरूको धारणा र आवश्यक तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । संवादमा सार्वजनिक यातायात व्यवसायी, राइड सेयरिङ प्लेटफर्महरूको व्यवस्थापकीय नेतृत्व गर्ने निजी व्यवसायी लगायत यातायात सम्बद्ध प्रादेशिक र सङ्घीय निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई स्वागत गर्दै प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले डिजिटल प्रविधिको अवलम्बन गर्दा हुने आर्थिक लाभका साथै यसले निम्त्याउने विभिन्न चुनौतीहरूलाई तथ्यगत तवरले विश्लेषण गरी सबैका लागि सुहाउँदो नीतिगत निर्णय गर्न सिफारिस गर्नु प्रतिष्ठानको दायित्व रहेको बताउनुभयो ।
प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपानेको सहजीकरणमा सम्पन्न सो संवादमा प्रतिष्ठानकै अनुसन्धान विभागका विश्लेषक श्री रिजा मानन्धरले राइड सेयरिङको अवधारणा, आम बुझाइ, वर्तमान अवस्था, नीतिगत तथा कानुनी व्यवस्था, र बहसका विषयमा आधारित भई प्रस्तुतीकरण दिनुभएको थियो ।
संवादमा राइड सेयरिङजस्ता यात्रा सहजीकरणका अभ्यासहरूको व्यवस्थापन तथा नियमन; राइड सेयरिङका मुख्य समस्याहरू, नीतिगत वा अन्य चुनौती तथा सुधारका उपाय वा विकल्प, र राइड सेयरिङसम्बन्धी कानुनी व्यवस्थाको विरोधको मुख्य कारण र समाधानमा केन्द्रित भई छलफलमा सहभागी हुन अनुरोध भए बमोजिम सहभागीहरूले आफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो ।
सार्वजनिक यातायात व्यवसायीहरूको प्रतिनिधित्व गर्ने सहभागीहरूले नयाँ प्रविधिले ल्याएको सहजताको कदर गर्दै गर्दा लामो समयदेखि चल्दै आएको सार्वजनिक यातायातको व्यवसायमा परेको प्रभाव र नीतिगत पहलकदमी नहुँदा देखिएका अनियमितताबारे पनि ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभएको थियो । राइड सेयरिङ प्लेटफर्मको निर्माण र प्रसार गर्दै आएका व्यवसायीहरूले प्रविधिको प्रयोगलाई नीतिगत रूपमा स्वीकार गरी आवश्यक नियमन गरेमा त्यसको पालना गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी, कर्णाली तथा बागमती प्रदेशबाट आउनुभएका यातायात मन्त्रालयका पदाधिकारीहरूले राइड सेयरिङको वैधानिकता र नियमनका लागि प्रादेशिक कानुनहरू बनाउन पहल भइरहेको बताउनुभयो ।
राइड सेयारिङ प्रदेशको एकल अधिकारभित्र पर्ने भएकाले यस विषयमा सङ्घीय तहबाट ठोस कार्य हुन नसकेको भए तापनि नीतिगत स्पष्टता र एकरूपताका लागि सरोकारवालाहरूसँग छलफल र परामर्श आवश्यक रहेकोमा सबै सहभागीहरूको एकमत रहेको थियो । सार्वजनिक यातायात तथा राइड सेयरिङ प्लेटफर्महरूको भूमिकालाई प्रतिस्पर्धाको रूपमा नभई एकआपसको परिपूरकको रूपमा लिई नीतिगत पहल र समझदारीका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो ।
आमन्त्रित सहभागीहरू
१. डा. मान बहादुर विश्वकर्मा (वरिष्ठ विधागत विज्ञ, नीति अनुसन्धान प्रतिष्ठान)
२. नरहरी तिवारी (निर्देशक, यातायात व्यवस्था विभाग)
३. गणेशमान सिंह राई (निर्देशक,यातायात व्यवस्था विभाग)
४. नारद गौतम (प्रदेश सचिव, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेश)
५. अम्बिका राई (उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
६. सुरक्षा पाल (मेकानिकल इन्जिनियर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)
७. ज्ञानराज कोइराला (उपरजिस्ट्रार, कम्पनी रजिस्ट्रारको कार्यालय)
८. ज्योती पाण्डे (उपनिर्देशक, राष्ट्रिय न्यायिक प्रतिष्ठान)
९. जयराम बजगाईं(शाखा अधिकृत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कर्णाली प्रदेश)
१०. संजय थापा (कम्प्युटर इन्जिनियर, यातायात व्यवस्थापन कार्यालय, चावहिल)
११. ज्ञान बहादुर माझी (प्रहरी निरीक्षक, काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय)
१२. विजय बहादुर स्वाँर (अध्यक्ष,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ)
१३. धर्मराज रिमाल (सार्वजनिक यातायात महासंघ)
१४. डोलनाथ खनाल (अध्यक्ष, सार्वजनिक यातायात केन्द्रीय महासंघ)
१५. भरत नेपाल (महासचिव, सार्वजनिक यातायात केन्द्रीय महासंघ)
१६. डेकनाथ गौतम (महासचिव, नेपाल यातायात राष्ट्रिय महासंघ)
१७. विश्वनाथ खनाल (नि. अध्यक्ष, ढुवानी व्यवसायी महासंघ)
१८. धर्मराज पोखरेल (सचिव, ढुवानी व्यवसायी महासंघ)
१९. भीमज्वाला राई (अध्यक्ष, यातायात युनियन)
२०. दिपक केसी (अखिल नेपाल यातायात मजदुर संघ)
२१. रबिन्द्र भुपाल प्रधान (उपाध्यक्ष, ट्याक्सी विशेष समिति)
२२. हरिकृष्ण बस्नेत (अध्यक्ष, नेपाल मिटर ट्याक्सी सेवा प्रा. लि.)
२३. सन्तोष श्रेष्ठ (कोषाध्यक्ष, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा यातायात सेवा समाज)
२४. राजकुमार श्रेष्ठ (अध्यक्ष, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा यातायात सेवा समाज)
२५. चेत प्रसाद गौतम (अध्यक्ष, नेपाल मिटर ट्याक्सी व्यवसायी संघ)
२६. धर्मराज भण्डारी (अध्यक्ष, नेपाल यातायात मजदुर संघ)
२७. प्रकाश अधिकारी (अखिल नेपाल यातायात मजदुर संघ, कोटेश्वर)
२८. प्रसिद्ध बस्नेत,(अनुसन्धान संयोजक, मेधावी कलेज)
२९. चेतराज पण्डित (जनस्वास्थ्य विज्ञ)
३०. अकेश प्रसाद (वरिष्ठ कार्यकारी, पठाओ)
३१. शशांक शमशेर थापा (निर्देशक, पठाओ)
३२. आश्रित भण्डारी (व्यवस्थापक, नेपाल मोबिलिटी सोलुसन)
३३. विजय कुमार जिरेल (नेपाल मोबिलिटी सोलुसन)
३४. बिराज जोशी (अपरेसन मेनेजर, टुटल)
३५. रोशन लामिछाने (बजार व्यवस्थापक, जुमजुम)
३६. विष्णुकान्त घिमिरे (अध्यक्ष,मदानी मिडिया)
३७. विशाल कोइराला (पत्रकार)
नीति अनुसन्धान प्रतिष्ठान
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
३. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
९. अशोक पाण्डे (अनुसन्धानकर्ता)
१०. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
११. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
१२. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१३. डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
१४. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१५. रिजा मानन्धर (विश्लेषक)
१६. डा. देजिना थापा (विश्लेषक)
१७. प्राञ्जल रिजाल (विश्लेषक)
१८. सोनिया बस्याल (विश्लेषक)
१९. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
२०. पर्वत भट्टराई (वरिष्ठ सहायक)
२१. गिता न्यौपाने (वरिष्ठ सहायक)
२२. मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
२३. आयुष्का के.सी.(इन्टर्न)
२४. आशिष भण्डारी (इन्टर्न)
२५. धिरज भट्ट (इन्टर्न)
२६. बलिहाङ लिम्बु (इन्टर्न)
२७. विजय कोइराला (इन्टर्न)
२८. स्नेही रिजाल (इन्टर्न)
३०. सतिस सापकोटा (इन्टर्न)