चीनको पेकिङ विश्वविद्यालय अन्तर्गतको स्कूल अफ फरेन ल्याङ्ग्वेजको १२ सदस्यीय टोलीले नीति अनुसन्धान प्रतिष्ठानमा एक छोटो अन्तरक्रियात्मक भ्रमण गरेको छ । उक्त टोलीको नेतृत्व पेकिङ विश्वविद्यालयका उपाध्यक्ष प्रा. डा. निङ छीले गर्नुभएको थियो । भ्रमणको मुख्य उद्देश्य संस्थागत अनुभवहरू आदानप्रदान गर्नुका साथै नीति अनुसन्धान प्रतिष्ठान र पेकिङ विश्वविद्यालयबीच सहकार्य र सहलगानीको सम्भावना अन्वेषण गर्नु रहेको थियो ।
उक्त अन्तरक्रिया सत्रको सञ्चालन नीति अनुसन्धान प्रतिष्ठानको परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्रका प्रमुख एवम् वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले गर्नुभएको थियो । प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरूले आफ्नो परिचय दिँदै भ्रमणमा आउनुभएको टोलीलाई हार्दिक स्वागत गर्नुभयो ।
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले स्वागत मन्तव्यमा नेपालको सरकारी थिंक ट्यांक र पेकिङ विश्वविद्यालयबीच सहकार्यका निम्नलिखित सम्भाव्य क्षेत्रहरू उल्लेख गर्नुभयो:
- विश्वविद्यालय कार्यक्रम, अध्ययन भ्रमण, गोष्ठी, तालिम तथा संयुक्त अनुसन्धानमार्फत थिंक ट्यांकहरूको क्षमता विकास
- नीति निर्माण तथा प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रवर्धन गर्ने अत्याधुनिक प्रविधिहरूको प्रयोग
- द्विपक्षीय तथा बहुपक्षीय विषयहरूमा संयुक्त अनुसन्धान
उहाँले चीनको नीति अनुभवहरूबाट सिक्न प्रतिष्ठान इच्छुक रहेको कुरामा जोड दिनुभयो र यस्तो सहकार्यले पारस्परिक विकास र सद्भावनामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रा. डा. निङ छीले नीति अनुसन्धान प्रतिष्ठानद्वारा गरिएको आत्मीय स्वागतप्रति धन्यवाद ज्ञापन गर्दै पेकिङ विश्वविद्यालयको संक्षिप्त परिचय दिनुभयो । उहाँले आफ्नो दक्षिण एसिया भ्रमणको उद्देश्य, विशेषगरी अनिश्चितताको समयमा चीन र दक्षिण एसियाली देशहरू बिचको सहकार्यसम्बन्धी चलिरहेको अनुसन्धानको बारेमा जानकारी गराउनुभयो । प्रा. डा. निङले नेपाल र चीनबिचको दृढ र दीर्घकालीन सम्बन्धलाई स्वीकार गर्दै भविष्यमा सहकार्यका व्यावहारिक सम्भावनाहरूको पहिचान गर्न इच्छुक रहेको बताउनुभयो ।
त्यसपछि, डा. खगनाथ अधिकारीले नीति अनुसन्धान प्रतिष्ठानको उद्देश्य, संरचना, अनुसन्धानको प्राथमिकता र नीतिगत तहमा पुर्याएको योगदानबारे संक्षिप्त प्रस्तुति दिनुभयो । उहाँले प्रतिष्ठानद्वारा गरिएका अनुसन्धान र National Institute of International Strategy of the Chinese Academy of Social Sciences (NIIS CASS) सँग भर्खरै सम्पन्न गरिएको संयुक्त गोष्ठी र सम्झौता पत्र (MoU) लगायत वर्तमानमा भइरहेका सहकार्यका पहलहरुको बारेमा जानकारी गराउनुभयो ।
प्रतिष्ठानका पदाधिकारीहरू र पेकिङ विश्वविद्यालयको प्रतिनिधि मण्डलबिचको दुईतर्फी अन्तरक्रियामा वर्तमान गतिविधिहरू र संयुक्त अनुसन्धानका भावी योजनाहरूमा केन्द्रित रही छलफल गरियो । प्रा. डा. शर्माले नीति अनुसन्धानलाई बलियो बनाउन र प्रमाणमा आधारित तथा सूचित निर्णय प्रक्रियालाई प्रवर्धन गर्ने उद्देश्यका साथ यस्ता छलफलहरूलाई सार्थक सहकार्यतर्फ अगाडि बढाउन प्रतिष्ठान प्रतिबद्ध रहेको पुन: दोहोर्याउनुभयो l
तस्वीर श्रेय: बिमल चन्द्र शर्मा
पेकिङ विश्वविद्यालयबाट अतिथिहरू
१. प्रा. डा. निङ छी (उपाध्यक्ष)
२. प्रा. डा. ली शुजिङ
३. प्रा. डा. वाङ शू
४. प्रा. डा. शी युए
५. प्रा. वी जिएवेइ
६. प्रा. वाङ हाउ
७. डा. झाङ याबिङ
८. डा. झाङ शिङ
९. डा. मा युचेन
१०. वु शेङनोन
११. सेन सियी
१२.जिन युनहाओ
नीति अनुसन्धान प्रतिष्ठानबाट सहभागीहरू
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टाराई (कार्यालय प्रमुख)
३. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
९. डा. गिरिराज शर्मा (अनुसन्धानकर्ता)
१०. अशोक पाण्डे (अनुसन्धानकर्ता)
११. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
१२. डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
१३. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
१४. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१५. डा. झम कुमार विश्वकर्मा (सह अनुसन्धानकर्ता)
१६. डा. मनीता कुसी (सह अनुसन्धानकर्ता)
१७. डा. महेश्वर गिरी (सह अनुसन्धानकर्ता)
१८. गोपाल आचार्य (सह अनुसन्धानकर्ता)
१९. दिपेन्द्र प्रसाद पन्त (सह अनुसन्धानकर्ता)
२०. रिजा मानन्धर (सह अनुसन्धानकर्ता)
२१. सोनिया बस्याल (विश्लेषक)
२२. डा. देजिना थापा (विश्लेषक)
२३. प्राञ्जल रिजाल (विश्लेषक)
२४. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
२५. आयुष्का के.सी. (इन्टर्न)
२६. धिरज भट्ट (इन्टर्न)
२७. विजय कोईराला (इन्टर्न)
२८. बलिहाङ लिम्बु (इन्टर्न)
२९. स्नेही रिजाल (इन्टर्न)
३०. सतिस सापकोटा (इन्टर्न)
यस कार्यक्रमको फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला