प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

भौगोलिक सूचना पूर्वाधार नीति २०८१ को मस्यौदामा पृष्ठपोषणको लागि सार्वजनिक नीति संवादको आयोजना गरियो

भौगोलिक सूचना पूर्वाधार नीति २०८१ को मस्यौदामा पृष्ठपोषणको लागि सार्वजनिक नीति संवादको आयोजना गरियो

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मस्यौदा गरेको भौगोलिक सूचना पूर्वाधार नीति २०८१ को थप परिमार्जनको लागि सरोकारवालाहरूबाट पृष्ठपोषण प्राप्त गर्न नीति अनुसन्धान प्रतिष्ठानले एक सार्वजनिक नीति संवाद कार्यक्रमको आयोजना गर्‍यो । यस कार्यक्रममा विश्वविद्यालयका भूगोलशास्त्रका प्राज्ञहरू, प्रदेश तथा संघका मन्त्रालयका नीतिनिर्माण तहका कर्मचारीहरू, भौगोलिक सूचनाका उत्पादन र उपभोग गर्ने निकायहरूका प्रतिनिधिहरू र विज्ञहरू गरी ३३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराईले सहभागीहरूलाई स्वागत गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्री गोकर्णमणि दुवाडीले कार्यक्रमबाट अपेक्षाको बारेमा बोल्नुभएको थियो भने उपसचिव श्री अशोक कुमार भुसालले नीति मस्यौदाको परिचयात्मक प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसपछि सहभागीहरूले भौगोलिक सूचनाका उत्पादन, गुणस्तर सुनिश्चितता तथा विकासमा प्रयोगका विषयमा तथा नीति मस्यौदाका विभिन्न पक्षमा विचार र सुझावहरू राख्नुभएको थियो । कार्यक्रमलाई नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानको लागि बाह्य समीक्षकको रूपमा जिम्मा लिनुभएका विज्ञ श्री रामकुमार सापकोटाले कार्यक्रममा व्यक्त भएका विचारहरूको सारांशका साथ आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह-सचिव श्री गणेश भट्टराईले नीति अनुसन्धान प्रतिष्ठानले नीति निर्माणमा अनुसन्धान र पृष्ठपोषणबाट सहयोग गर्ने गरेको जानकारी पाएको विगत  प्रसङ्ग उल्लेख गर्दै आज भएको संवाद कार्यक्रमबाट आएका गहन र सर्वाङ्गीण सुझावहरूको प्रशंसा गर्नुभयो ।

उपस्थिति

आमन्त्रित अतिथिहरू
१. श्री गोकर्णमणि दुवाडी (सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
२. श्री गणेशप्रसाद भट्ट (सह-सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
३. श्री अशोक कुमार भुसाल (उपसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
४. श्री दामोदर वाग्ले (उपसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
५. श्री सुमना अर्याल (उपसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
६. श्री आश्मिरा दाहाल (नापी अधिकृत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
७. श्री नमुना घिमिरे (नापी अधिकृत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
८. प्रा. डा. उमेश कुमार मण्डल (विभागीय प्रमुख, भूगोल केन्द्रीय विभाग, त्रिवि)
९. डा. छविलाल चिदी (उप-प्राध्यापक, भूगोल केन्द्रीय विभाग, त्रिवि)
१०. डा. भोला नाथ ढकाल (महासचिव, नेपाल जिआइएस सोसाइटी)
११. श्री रूप नारायण ढकाल (अधिकृत, गाउँपालिका महासङ्घ)
१२. श्री निरोज तिमल्सिना (विज्ञ)
१३. डा. सुचिता श्रेष्ठ (उपसचिव, खानी तथा भूगर्भ विभाग)
१४. डा. योगेन्द्र मिश्र (आ.प्र., सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना)
१५. श्री महेश प्रसाद ढुङ्गाना (निर्देशक, राष्ट्रिय तथ्याङ्क कार्यालय)
१६. श्री रामकुमार सापकोटा (निर्देशक, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र)
१७. श्री राज कुमार गिरी (उपसचिव, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र)
१८. श्री नारायण प्रसाद भण्डारी (सहसचिव, शहरी विकास तथा भवन निर्माण विभाग)
१९. श्री पूर्ण प्रसाद पाण्डे (प्रमुख नापी अधिकृत, नापी विभाग)
२०. श्री राम सुन्दर साह (वरिष्ठ वैज्ञानिक अधिकृत, वनस्पति विभाग)
२१. श्री गोविन्द कुमार श्रेष्ठ (वन अधिकृत, वन तथा भू-संरक्षण विभाग)
२२. श्री कमल बहादुर थापा (उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश)
२३. श्री तुलसी राम भगत (शाखा अधिकृत, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश)
२४. श्री किशोर खड्का (कानून अधिकृत, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेश)
२५. श्री बेचन कुमार महतो (भू.स.अ., वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश)
२६. श्री राजेन्द्र कोइराला (प्रदेश सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश)
२७. श्री टीकाराम पौडेल (उपसचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेश)
२८. श्री माधव प्रसाद भट्टराई (प्रदेश सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश)
२९. श्री मन्जु कुमारी पोखरेल (कानून अधिकृत, आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेश)
३०. श्री रमेश सुवेदी (सीडीई, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, कर्णाली प्रदेश)
३१. श्री कृष्ण प्रसाद देवकोटा (अधिकृत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश)
३२. श्री देवकी रावत (शाखा अधिकृत, कर्णाली प्रदेश योजना आयोग)
३३. श्री कृष्णप्रसाद नेपाल (उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदुर पश्चिम प्रदेश)

नीति अनुसन्धान प्रतिष्ठान

१. श्री लक्ष्मण भट्टराई
२. डा. दीपक कुमार खड्का
३. डा. मुक्ति राम रिजाल
४. श्री रीजा मानन्धर
५. श्री बिमल चन्द्र शर्मा
६. श्री ज्योती लुइँटेल
७. श्री डेमिज महर्जन
८. श्री रक्षा अर्याल
९. श्री सन्जोग सिंह कडायत
१०. श्री सोनिया बस्याल