December 8, 2024
२०८१ मङ्सिर २३
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
डा. प्रसन्न चन्द्र गौतमले आफ्ना पिता र नेपाल राष्ट्र बैंकका दोस्रो गभर्नर श्री लक्ष्मीनाथ गौतमको स्नेहपूर्ण सम्झनामा नीति अनुसन्धानमा प्रतिष्ठानमा “स्व. लक्ष्मीनाथ गौतम नीति अनुसन्धान कोष” स्थापना गर्न नीति अनुसन्धान प्रतिष्ठानसँग एक सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।
डा. गौतमले यस प्रयोजनको निम्ति एक मुद्दती खातामा रकम जम्मा गर्नुभएको छ र सो रकमको ब्याजबाट वहाँले प्रत्येक वर्ष न्यूनतम रु. 6,00,000 (छ लाख रुपैयाँ) नीति अनुसन्धान प्रतिष्ठानलाई हस्तान्तरण गर्नु हुनेछ। यसरी प्राप्त कोष प्रत्येक वर्ष नीति अनुसन्धानमा उत्कृष्ट उपलब्धिहरू प्रदर्शन गर्ने संस्थाहरू र व्यक्तिहरूलाई पुरस्कार लगायतको कार्यक्रममा खर्च गरिनेछ।
यस परोपकारी कार्यलाई औपचारिकता दिन आज नीति अनुसन्धान प्रतिष्ठानमा एक औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा डा. प्रसन्न चन्द्र गौतम र प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मण भट्टराईले हस्ताक्षर गर्नुभयो। साछीको रूपमा प्रतिष्ठानका सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. दीपक कुमार खड्का र नीतिविज्ञ एवं गौतम परिवारका निकट आफन्त डा. सुचेता प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ।
सो अवसरमा डा. गौतमले स्व. लक्ष्मीनाथ गौतमको पेशागत जीवन र बैङ्किङ तथा नीतिगत क्षेत्रमा उहाँको योगदानको बारेमा र आज स्थापना भएको कोषले ती योगदानको भावनालाई कसरी सम्मान गर्दछ भन्ने बारेमा बताउनुभयो। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले लक्ष्मीप्रसाद गौतमको विरासतलाई सम्मान गर्ने उदार परोपकारी कार्यका लागि डा. गौतम र उनको परिवारलाई धन्यवाद दिनुभयो। वहाँले यो कोषले नीति अनुसन्धानमा उत्कृष्टता बढाउन र नवप्रवर्तनलाई बढावा दिन मद्दत गर्नेछ भन्ने कुरा पनि बताउनुभयो।
उपस्थिति
गौतम परिवार
डा. प्रसन्न चन्द्र गौतम
शोभना घिमिरे
डा. सुचेता प्याकुरेल
नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ शर्मा
लक्ष्मणप्रसाद भट्टराई
डा. दीपक कुमार खड्का
डा हरि शर्मा न्यौपाने
डा. कल्पना खनाल
डा. मुक्ति रिजाल
डा. खगनाथ अधिकारी
डा. गिरिराज शर्मा
डा. झमकुमार विश्वकर्मा
डा. मनिता कुसी
अशोक पाण्डे
गोपाल आचार्य
रिजा मानन्धर
कृष्णप्रसाद बिक
मचा भाइ महर्जन
सुबिन उलक