national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबिच नीति अनुसन्धानमा सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबिच नीति अनुसन्धानमा सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर

नीति अनुसन्धान प्रतिष्ठान र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबिच नीति अनुसन्धानमा सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर

 December 10, 2024

२०८१ मङ्सिर २५

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठान (PRI) र नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) बिच नीति अनुसन्धानमा सहयोग र सहकार्य गर्ने समझदारी पत्रमा औपचारिक रूपमा हस्ताक्षर भएको छ। नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको सङ्क्षिप्त कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा र नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा कृष्ण पहारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।

विस २०६० चैत्रमा स्थापित नेपाल विकास अनुसन्धान प्रतिष्ठान एक प्रतिष्ठित गैर-सरकारी सोचकेन्द्र हो। यसले जल र जलवायु, जीविका र खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, वातावरणीय दिगोपन, आर्थिक विकास, लैङ्गिक समानता र सामाजिक समावेशीकरण एवं विपद् व्यवस्थापन जस्ता विभिन्न नीति क्षेत्रहरूमा सक्रिय रूपमा अनुसन्धान र पैरवी गरिरहेको छ। यो संस्था हालै नीति अनुसन्धान सम्मान २०८१ बाट सम्मानित पनि भएको छ। यो सम्मान नीति अनुसन्धान प्रतिष्ठानले नीति अनुसन्धान, नीति क्षमता विकास र नीति पैरवीमा उत्कृष्ट योगदान गर्ने संस्था वा व्यक्तिलाई सम्मान गर्न प्रदान गरेको पुरस्कार हो।

समझदारीपत्र हस्ताक्षर समारोहमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका तर्फबाट डा कृष्ण पहारी, डा शंकर श्रेष्ठ र प्रा डा पुण्यप्रसाद रेग्मीले संस्थाको समृद्ध इतिहास, चालु परियोजनाहरू र भविष्यका आकाङ्क्षाहरूबारे बताउनुभयो। वहाँहरूले उच्च गुणस्तरीय र प्रभावकारी अनुसन्धानको लागि सरकारी र गैरसरकारी संस्थाहरूको व्यापक सहकार्यको ढाँचा थालनी गर्ने यस समझदारीप्रति आफ्नो उत्साह व्यक्त गर्नुभयो।

समारोहमा नीति अनुसन्धान प्रतिष्ठानका प्रा डा लेखनाथ शर्मा, डा दीपक कुमार खड्का, लक्ष्मण प्रसाद भट्टराई, डा हरि शर्मा न्यौपाने, डा मुक्ति रिजाल र डा खगनाथ अधिकारीको मन्तव्य राख्नुहुँदै नेपालमा थप प्रभावकारी सामूहिक कार्यको लागि अवसर आएकोमा बताउनुभयो। तर समझदारी मात्र हुने र काम चाहिँ नहुने जोखिमतिर पनि औँल्याउँदै वहाँहरूले सक्रिय संलग्नता र लगनशील प्रयासको महत्त्वलाई जोड दिनुभयो।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले शून्य भोक (दिगो विकास लक्ष्य २) मा केन्द्रित नीति परियोजना प्रारम्भ गर्ने तयारी गरेको छ र छिट्टै नीति अनुसन्धान प्रतिष्ठानसँग सहयोग र सहकार्यको लागि संयन्त्र प्रस्ताव गर्नेछ। विविध संस्थागत अनुसन्धान साझेदारीले प्रभावकारी र रूपान्तरणकारी नीतिनिर्माणमा विशेष योगदान पुर्‍याउने हुनाले यस्तो सम्बन्धको विशिष्ट महत्त्व रहेको कुरामा दुवै पक्षले जोड दिए।

उपस्थिति

नेपाल विकास अनुसन्धान प्रतिष्ठन
डा कृष्ण पहारी (अध्यक्ष)
डा शंकर श्रेष्ठ (कार्यकारी निर्देशक)
प्रा डा पुण्यप्रसाद रेग्मी (संस्थापक सदस्य तथा वरिष्ठ अनुसन्धान विज्ञ)

नीति अनुसन्धान प्रतिष्ठान
प्रा डा लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा दीपक कुमार खड्का (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
डा हरि शर्मा न्यौपाने (अनुसन्धान विभाग प्रमुख)
डा मुक्ति रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
अस्विन पोखरेल (वरिष्ठ सहायक)
विमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)