logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

नीति अनुसन्धान प्रतिष्ठान (PRI) र नेपाल उद्योग परिसंघ बिच सहयोग र अनुसन्धान सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठान (PRI) र नेपाल उद्योग परिसंघ बिच सहयोग र अनुसन्धान सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठान (PRI) र नेपाल उद्योग परिसंघ बिच सहयोग र अनुसन्धान सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

 February 21, 2025

२०८१ फागुन ८

नेपाल उद्योग परिसंघ, थापाथली

नीति अनुसन्धान प्रतिष्ठान (PRI) र नेपाल उद्योग परिसंघ (CNI) ले आपसी सहयोग र अनुसन्धान सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित एक समारोहमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ अधिकारी र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले परिसंघका अध्यक्ष श्री राजेश कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष श्री वीरेन्द्र राज पाण्डे र अन्य पदाधिकारीहरू तथा प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. दीपक कुमार खड्काका उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। समझदारी पत्रमा देहायका विषय र क्षेत्रमा सहयोग र सहकार्य गर्न सकिने उल्लेख छ:

(क) उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानहरू
(ख) नीति प्रयोगशाला सम्बन्धी क्रियाकलापहरू
(ग) सार्वजनिक नीतिमा प्राज्ञिक संवाद
(घ) तालिम, गोष्ठी लगायतका अनुसन्धान क्षमता विकास कार्यक्रम
(ङ) प्राज्ञिक तथा औद्योगिक सभा सम्मेलन
(च) अनुसन्धान प्रसार, प्रकाशन
(छ) मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय र बौद्धिक सम्पत्ति लगायतका स्रोतहरूमा सहयोग आदानप्रदान र सहकार्य
(ज) राष्ट्रिय महत्त्वका र आपसी सहमतिमा गर्न सकिने अन्य कार्य

सो समारोहमा परिसंघका अध्यक्ष श्री राजेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष श्री वीरेन्द्र राज पाण्डे तथा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ अधिकारी र वरिष्ठ अनुसन्धानकर्ता डा. दीपक कुमार खड्काले संगठनहरूका वर्तमान क्षमता र गतिविधिहरूको बारेमा र अपेक्षित सहयोग र सहकार्यहरूको बारेमा बोल्नुभएको थियो। परिसंघको टोलीले छिट्टै प्रतिष्ठानका पदाधिकारीहरू र अनुसन्धानकर्ताहरूसँग भेटी तत्काल गर्न सकिने सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने छ।

उपस्थिति:

नीति अनुसन्धान प्रतिष्ठान
प्रा. डा. लेखनाथ अधिकारी (कार्यकारी अध्यक्ष)
डा. दीपक कुमार खड्का (सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख)
विमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)

नेपाल उद्योग परिसंघ
राजेश कुमार अग्रवाल (अध्यक्ष)
वीरेन्द्र राज पाण्डे (वरिष्ठ उपाध्यक्ष)
डा. घनश्याम ओझा (महानिर्देशक)
रविकुमार प्रजापति (अनुसन्धान निर्देशक)
हिमाल पौडेल (निर्देशक)
राजीव मजगाईं (वरिष्ठ निर्देशक)
मधुकर दाहाल (निर्देशक)
चिरञ्जीवी न्यौपाने (कार्यकारी प्रबन्धक)
निकेश मान नापित (अनुसन्धान अधिकारी)
चेतमान स्याङ्तान (वरिष्ठ अनुसन्धान कार्यकारी)

यस कार्यक्रमका फोटोहरुका लागि कृपया यहाँ क्लिक गर्नुहोला