logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

नीति अनुसन्धान प्रतिष्ठानमा मिश्रित शोधविधि सम्बन्धी एक कार्यशालाको आयोजना भयो

नीति अनुसन्धान प्रतिष्ठानमा मिश्रित शोधविधि सम्बन्धी एक कार्यशालाको आयोजना भयो

नीति अनुसन्धान प्रतिष्ठानमा मिश्रित शोधविधि सम्बन्धी एक कार्यशालाको आयोजना भयो

 March 3, 2025

२०८१ फागुन १९

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानमा मिश्रित शोधविधिको रूपान्तरणात्मक शक्तिको उपयोग: नीति अभ्यासमा तथ्याङ्कदेखि कार्यसम्म विषयक एक अनुसन्धान कार्यशालाको आयोजना गरियो। कार्यशालालाई ओहायो स्टेट युनिभर्सिटी कलेज अफ सोसल वर्कका सहप्राध्यापक तथा नेपाली एकेडेमिक्स इन अमेरिका (NACA) को कार्यकारी परिषद्का महासचिव डा आरती मलेकुले सञ्चालन गर्नुभएको थियो ।

कार्यशालाको मुख्य दुईवटा उद्देश्य थिए । पहिलो उद्देश्य सहभागीहरूलाई मिश्रित विधिहरूको ऐतिहासिक र दार्शनिक जगहरूमा आधारित योजना, विधि र व्याख्या चरणहरूमा मिश्रित तथ्याङ्कहरूको एकीकरण गर्ने व्यावहारिक रणनीतिहरूबारे परिचय गराउनु थियो। यसले मिश्रित-विधिको अनुसन्धानले कसरी कार्ययोग्य अन्तर्दृष्टि सिर्जना गर्दछ र नेपालमा सांस्कृतिक रूपमा उत्तरदायी नीति परिवर्तनमा कसरी योगदान गर्न सक्छ भन्ने कुरा पनि देखायो। कार्यशालाको अर्को उद्देश्य चाहिँ नीति अनुसन्धान संस्थाका अनुसन्धानकर्ताहरूका शोधविधिसम्बन्धी अनुभवहरू विनिमय गर्ने अवसर उपलब्ध गराउनु थियो।

कार्यशालाले मिश्रित शोधविधिका ऐतिहासिक जग, दार्शनिक जग, गुणात्मक र परिमाणात्मक तथ्याङ्कहरूका अनुसन्धान योजना तहमा, विधि तहमा र विश्लेषण तथा प्रतिवेदनको तहमा एकीकरण कसरी गर्ने भन्ने विषय र नीति अभ्यास र वास्तविक संसारको लागि मिश्रित विधिको प्रयोगको बारेमा प्रकाश पारेको थियो।

कार्यक्रममा प्रतिष्ठानमा पदाधिकारीहरू र अनुसन्धानकर्ताहरू सहभागी थिए । कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानमा अभ्यास हुने गरेका सार्वजनिक नीति संवाद र बहु-चरणात्मक सूचना सङ्कलन लगायतका नीति अनुसन्धान विधिहरू तथा यस्ता विधिहरूको सैद्धान्तिकीकरणबाट मिश्रित शोधविधिको सिद्धान्तमा गर्न सकिने सम्भावित योगदानहरूका बारेमा छलफल भएको थियो।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले अन्तरक्रियात्मक र अन्तर्दृष्टिपूर्ण प्रस्तुतिको लागि डा. मलेकुप्रति आभार व्यक्त गर्दै कार्यशालाको समापन गर्नुभयो । वहाँले विश्वविद्यालयमा अनुसन्धान शिक्षण र सुपरिवेक्षण गर्दा मिश्रित विधिको शिक्षण र उपयोगबारे आफ्ना अनुभव बाँड्नुभयो। वहाँले नेपाली एकेडेमिक्स इन अमेरिकासँग जीवन्त सम्पर्क र सहयोग तथा सहकार्य हुने कुरामा विश्वास व्यक्त गर्नुभयो।