logo/prilogo-1_suadpzs.jpeg
logo/prilogo-1_suadpzs.jpeg

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व द्वितीया - २

नव-नियुक्त अनुसन्धानकर्ता र इन्टर्नहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम

नव-नियुक्त अनुसन्धानकर्ता र इन्टर्नहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम

 March 19, 2025

२०८१ चैत्र ०६, बुधवार

नीति अनुसन्धान प्रतिष्ठाननारायणहिटी

नीति अनुसन्धान प्रतिष्ठानद्वारा नव नियुक्त अनुसन्धानकर्ता र इन्टर्नहरूको लागि आधा दिनको अभिमुखीकरण कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको उद्देश्य एक-आपसमा परिचय गराउने तथा संस्थाको संरचना र कार्यप्रणाली, अनुसन्धान प्रक्रिया र प्रशासनिक प्रावधानहरूको बारेमा जानकारी प्रदानगर्नु रहेको थियो।

उक्त कार्यक्रमको सञ्चालन अनुसन्धान विभागका विश्लेषक, रिजा मानन्धरलेज्यूले गर्नुभएको थियो। प्रतिष्ठानका सम्पूर्ण अनुसन्धानकर्ता, इन्टर्न तथा कर्मचारीहरूको आफ्नो नाम, पद, संलग्न रहेको केन्द्र र विभाग, शैक्षिक पृष्ठभूमि र बिगतमा वहाँहरुको अनुभब र संलग्नताबारे छोटो परिचय सहित कार्यक्रमको सुरुवात गरिएको थियो।

स्वागत मन्तव्यमा, कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले संस्थामा सहकार्यपूर्ण वातावरण कायम राख्नका लागि सिकाइ संस्कृति, नैतिकता र व्यावसायिकताको महत्त्वलाई जोड दिनुभयो। प्रा. डा. शर्माले नीतिहरूको विश्लेषण गर्नु, अनुसन्धान गर्नु, र बलियो र प्रमाणमा आधारित व्यवहारिक सिफारिसहरू प्रदान गर्नु नीति अनुसन्धानकर्ताका कार्यहरू रहेको उजागर गर्नुभयो।

वरिष्ठ अनुसन्धानकर्ता तथा प्रतिष्ठानका प्रवक्ता डा. दीपक कुमार खड्काले अनुसन्धानका लागि ज्ञान सृजना शृङ्खला, अनुसन्धान इकोसिस्टम र ‘नीतिका लागि अनुसन्धान’ र ‘नीति माथि अनुसन्धान’ मा नीति अनुसन्धान प्रतिष्ठानको भूमिकाका सन्दर्भमा प्रस्तुति दिनुभएको थियो। उहाँको प्रस्तुतीकरणको शीर्षक ‘नेपाल सरकारको विशेषज्ञ समूहको रूपमा नीति अनुसन्धान प्रतिष्ठान’ रहेको थियो।

अनुसन्धान विभागका प्रमुख डा. हरि शर्मा न्यौपानेले संस्थामा अनुसरण गरिने अनुसन्धान प्रक्रियाको खाका प्रस्तुत गर्दै, अनुसन्धान विषय छनोट, अनुसन्धान डिजाइन र कार्यविधि, प्रतिवेदन लेखन र समीक्षा प्रक्रियाबारे विस्तृत रूपमा व्याख्या गर्नुभयो। उहाँले अनुसन्धान इन्टर्नहरूको विभिन्न अनुसन्धान परियोजनाहरूमा संलग्नताबारे संक्षिप्त जानकारी पनि दिनुभएको थियो।

कार्यालय प्रबन्धक लक्ष्मण भट्टराईले संस्थाको इतिहास, अनुसन्धान र व्यवस्थापनसँग सम्बन्धित समितिहरू, मानव संसाधन, वित्तीय स्थिति र जिन्सी व्यवस्थापनका बारेमा पूर्ण जानकारी दिनुभयो। उहाँले प्रशासनिक दायित्वहरू र कर्मचारी सुविधाबारे पनि वर्तमान नियम र नियामक कागजातहरूको सन्दर्भमा व्याख्या गर्नुभयो।

पुस्तकालय व्यवस्थापन संयोजक बिमल चन्द्र शर्माले नीति अनुसन्धान संस्थाको नीति स्रोत केन्द्रको परिचय दिँदै उपलब्ध प्रमुख स्रोतहरू, तिनीहरूको वर्गीकरण, पहुँचका तरिकाहरू र अन्य सेवा सुविधाहरूको बारेमा जानकारी दिनुभयो। साथै श्री निराजन पराजुलीले नेपाल रिसर्च एंड एजुकेसन नेटवर्कको प्रतिनिधित्व गर्दै‘ एडुरोम कार्यान्वयन र नेपालमा शैक्षिक सहयोगमा यसको प्रभाव’ विषयमा छोटो प्रस्तुति दिनुभएको थियो।

कार्यक्रमको औपचारिक समापन कार्यकारी अध्यक्षद्वारा गरिएको थियो।अभिमुखीकरण कार्यक्रमका सहभागीहरूको विवरण यस प्रकार रहेको छ:

प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खडका (वरिष्ठ अनुसन्धानकर्ता)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
डा. निरन्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. झम कुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
डा. प्रभात राज दाहाल (सहअनुसन्धानकर्ता)
रिजा मानन्धर (विश्लेषक)
सोनिया बस्याल (विश्लेषक)
विमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
कृष्ण प्रसाद बि.क. (सह-प्रबन्धक/शाखा अधिकृत)
सञ्जु कुमारी सरवरिया (वरिष्ठ सहायक)
आयुष्का के.सी.(इन्टर्न)
विजय कोइराला (इन्टर्न)
धिरज भट्ट (इन्टर्न)
सतिस सापकोटा (इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)
कुमारी अलिका (इन्टर्न)
जुना श्रेष्ठ (इन्टर्न)
स्नेही रिजाल (इन्टर्न)
निराजन पाराजूली (नेटवर्क इन्जिनियर, NREN)eer, NREN)