पुस ११, २०८१
नीति अनुसन्धान प्रतिष्ठान
नारायणहिटी, काठमाडौँ
नीति अनुसन्धान प्रतिष्ठानले ग्लोबल साउथको सन्दर्भमा कृत्रिम बुद्धिमत्ता विषयमा प्रा. डा. नीर क्षेत्रीको नीति प्रवचन कार्यक्रम आयोजना गर्यो । प्रा. क्षेत्री संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना विश्वविद्यालयमा व्यवस्थापन विषयका प्राध्यापक हुनुहुन्छ । प्रवचनमा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माको अध्यक्षता र प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मोहन कुमार शर्माको सहजीकरणमा आयोजित नीति प्रवचनमा प्रा. नीर क्षेत्रीले प्रस्तुतीकरण मार्फत कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), विशेषतः जेनेरेटिभ र एजेन्टिक एआईलाई ग्लोबल साउथ (Global South) को सन्दर्भमा व्याख्या गर्दै यसको प्रसार, प्रयोग र प्रभावहरूको विश्लेषण गर्नुभयो ।
प्रवचनमा प्रा. क्षेत्रीले एआईका आधारभूत अवधारणा र प्रकारहरूको विषय स्पष्ट पार्दै वैश्विक दक्षिणमा एआईको तीव्र अपनत्वलाई बहुभाषिकता, निःशुल्क वा सहुलियतपूर्ण पहुँच, बहुराष्ट्रिय तथा स्थानीय नवप्रवर्तनका कारकहरूसँग जोड्दै शिक्षा, सार्वजनिक सूचना पहुँच, स्वास्थ्य सेवा र मानसिक स्वास्थ्य सहयोग, साना तथा मझौला उद्यमको विकास, कृषि क्षेत्र तथा उत्पादकत्व अभिवृद्धिमा देखिएका प्रभावहरूको विषयमा छलफल गर्नुभयो ।
प्रा. क्षेत्रीले एआईको दक्षताको कमी, डाटा र सांस्कृतिक पूर्वाग्रह, कम स्रोत भएका भाषाहरूको न्यून प्रतिनिधित्व, गैरअंग्रेजी प्रयोगमा उच्च लागत र कम कार्यसम्पादन, कमजोर नियामक संरचना, साइबर सुरक्षाका जोखिम, श्रम बजारमा पर्ने असर, डिजिटल उपनिवेशवाद, डाटा लेबलिङमा श्रमिक शोषण तथा सांस्कृतिक पहिचान क्षयजस्ता गम्भीर चुनौतीहरूबारे पनि चर्चा गर्नुभयो ।
समग्रमा उहाँको प्रवचन विश्व दक्षिणमा समावेशी विकासका लागि एआईले ठुलो सम्भावना बोकेको भए तापनि यसलाई व्यवहारमा रूपान्तरण गर्न स्थानीय सन्दर्भअनुकूल डाटा र मोडेल विकास, नीतिगत व्यवस्था र नियमन, सुरक्षाको सुनिश्चितता, र क्षमता विकासका आयामहरू अत्यावश्यक रहेको कुरामा केन्द्रित रहेको थियो ।
प्रस्तुतिकरणपश्चात् प्रस्तोता र सहभागीहरूबिच प्रश्नोत्तर सत्र संचालन गरिएको थियो भने कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले प्रा. डा. क्षेत्रीलाई प्रशंसापत्र प्रदान गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
तस्बिर श्रेय: बिमल चन्द्र शर्मा
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
प्रा. डा. नीर क्षेत्री, (प्राध्यापक, नर्थ क्यारोलाइना विश्वविद्यालय)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
डा. झमकुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
डा. देजिना थापा (विश्लेषक)
प्राञ्जल रिजाल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
संजु कुमारी सरबरिया (वरिष्ठ सहायक)
पर्वत भट्टराई (वरिष्ठ सहायक)
गीता न्यौपाने (वरिष्ठ सहायक)
मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
प्रविन आचार्य (सूचना प्रविधि विद्यार्थी)
बिनोद कुमार श्रेष्ठ (सूचना प्रविधि विद्यार्थी)