logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

नेपालमा परमाणु प्रविधिको प्रयोगका विद्यमान समस्या, अवसर र नीति सम्बन्धमा सार्वजनिक नीति संवाद

नेपालमा परमाणु प्रविधिको प्रयोगका विद्यमान समस्या, अवसर र नीति सम्बन्धमा सार्वजनिक नीति संवाद

मङ्सिर १२, २०८२

नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय परमाणु नीति २०६४ को समीक्षात्मक अध्ययन गरिरहेको छ। यस अध्ययनको सिलसिलामा राष्ट्रिय परमाणु नीति २०६४, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली, २०७८, न्युक्लियर मेडिसिन सेवा सञ्चालनका शर्तहरू, २०८०, र विकिरण सुरक्षा निर्देशिका, २०८० लगायतका नीतिहरूसँग सम्बन्धित नियामक निकायका प्रतिनिधि, रेडियोधर्मी पदार्थ र प्रविधिको प्रयोग गर्ने अनुसन्धानकर्ताहरू, चिकित्सक, पेशागत संस्थाका प्रतिनिधि सरोकारवाला र विज्ञहरूको सहभागितामा नेपालमा परमाणु प्रविधिको प्रयोगका विद्यमान समस्या, अवसर र नीति विषयक एक सार्वजनिक नीति संवादको आयोजना गरियो। राष्ट्रिय परमाणु नीति २०६४ को समसामयिक परिमार्जन, रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धी ऐन, नियमावली र निर्देशिकाहरूको पूर्ण कार्यान्वयन, रेडियोधर्मी पदार्थको ओसारपसार, प्रयोग र विसर्जन सम्बन्धमा रहेका समस्या र अस्पष्टताका निराकरण, अनुसन्धान र विकासमा रहेका बाधाहरूको निराकरण, जोखिम व्यवस्थापन र सुरक्षा लगायतका विविध विषयहरूमा सहभागीहरूले सुझाव दिएका थिए।

 

कार्यक्रममा सहभागीहरूलाई नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले स्वागत गर्नु भएको थियो । प्रतिष्ठानका अनुसन्धानकर्ता तथा अध्ययन टोली प्रमुख डा. सुवास अधिकारीले अध्ययनको प्रारम्भिक नतिजाहरू प्रस्तुत गर्नुभएपछि प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा अध्ययन टोलीका सदस्य डा. दीपक कुमार खड्काले छलफल सहजीकरण गर्नुभएको थियो।

 

उपस्थिति

आमन्त्रित अतिथि

  • मोनिका झा (सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)  
  • शिला खतिवडा   (उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
  • कौशल किशोर राय (सहसचिव, परराष्ट्र मन्त्रालय)
  • नारायण बाँस्कोटा (सिनियर डिभिजनल जियोलोजिष्ट, खानी तथा भूगर्भ विभाग)
  • मनोज थापा (उप सेनानी, नं. १४ वाहिनी नेपाली सेना)
  • बिकास घिमिरे (वरिष्ठ उपरीक्षक, सिनियर सुपरिन्टेन्डेन्ट अफ पुलिससशस्त्र प्रहरी बल, नेपाल)
  • राम कुमार दानी (उपरीक्षक, डेपुटी सुपरिन्टेन्डेन्ट अफ पुलिस, नेपाल प्रहरी) 
  • कुसुम पहाडी (सेनानी, नेपाली सेना)
  • प्रकाश कुमार सुवदी (कार्यकारी निर्देशक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान)
  • डा. बुद्धराम शाह (वरिष्ठ वैज्ञानिक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान)
  • डा. माधव प्रसाद आचार्य (वरिष्ठ वैज्ञानिक, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान)    
  • डा. डोज राज खनाल (वरिष्ठ वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्)
  • डा. सुमन श्रेष्ठ (न्यूक्लियर मेडिसिन विशेषज्ञ, नेपाल सेन्टर अफ न्यूक्लियर मेडिसिन प्रा. लि.
  • डा. कृष्ण बुढाथोकी (उपाध्यक्ष, नेपाल रेडियोलोजिस्ट एसोसिएशन)
  • डा. अन्जन श्रेष्ठ (सह-प्राध्यापक, हिमाटो-अन्कोलोजी विभाग, टिचिङ हस्पिटल)            
  • डा. विद्यापति झा (वरिष्ठ मेडिकल फिजिसिस्ट, भक्तपुर क्यान्सर हस्पिटल)
  • डा. उज्ज्वल चालिसे (कार्यकारी निर्देशक, भक्तपुर क्यान्सर हस्पिटल)
  • प्रा. डा. देव बहादुर खड्का (प्राध्यापक, रसायनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालय)
  • डा. कन्चन प्रसाद अधिकारी (प्राध्यापक, मेडिकल फिजिक्स, वीर हस्पिटल)
  • डा. भक्त बहादुर के. सी. (वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)
  • जयकुमार गुरुङ (अनुसन्धानकर्ता, नेपाल विकास अनुसन्धान प्रतिष्ठान)
  • रामचन्द्र सुवेदी (प्राविधिक, कुण्डलिनी डाइग्नोस्टिक सेन्टर प्रा. लि.)

 

नीति अनुसन्धान प्रतिष्ठान

  • प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
  • लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
  • डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
  • डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
  • डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
  • डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
  • डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
  • डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
  • डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
  • डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
  • गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
  • डा. महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
  • रीजा मानन्धर (सह-अनुसन्धानकर्ता)
  • डा. देजिना थापा (विश्लेषक)
  • प्राञ्जल रिजाल (विश्लेषक)
  • सुधीर श्रेष्ठ (विश्लेषक)
  • बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
  • गीता न्यौपाने (वरिष्ठ सहायक)
  • पर्वत भट्टराई (वरिष्ठ सहायक)